मेस्सीले कसरी तोडे त पेलेको किर्तीमान ?


८ पुष २०७७, अर्जेन्टाईनी फुटबल खेलाडी लियोनल मेस्सीले एउटै स्पेनिस क्लब बार्सिलोनाबाट ६ सय ४ गोल गर्दै सर्वाधिक गोल गर्ने ब्राजिलीयन फुटबल हस्ती पेलेको कीर्तिमान तोडेका छन् ।

गएराति भएको स्पेनिस लिगको खेलमा रियाल भालाडोलिडलाई ३–० ले हराउंदै एक गोल गरेर मेस्सीले पेलेको कीर्तिमान आफ्नो नाममा राख्न सफल भएका हुन्।

ब्राजिलियन हस्ती पेलेले सन् १९५६ देखि १९७४ सम्म १९ सिजन ब्राजिली क्लब सान्तोषबाट खेल्दै ६ सय ४३ गोलको कीर्तिमान बनाएका थिए ।

मेस्सीले बार्सिलोनाबाट १७ औं सिजन खेलिरहेका छन् । उनले बार्सिालेनाबाट १० पटक स्पेनिस लिग र ४ पटक युरोपियन च्याम्पियन्स लिग पनि जितेका छन् ।


प्रकाशित : २०७७ पुष ८, बुधबार ०८:५६ गते

धेरै पढिएको

ताजा समाचार