नेपालमा कोभिडविरुद्धको खोप चाडैं आउछ र सबै नेपालीलाई निशुल्क हुन्छ: अर्थमन्त्री बिष्णु पौडेल


कोभिडविरुद्धको खोप आपुर्तिका लागि सरकारले विभिन्न च्यानलमार्फत पहल गरिरहँदा विश्व स्वास्थ्य संगठनले थप आशा देखाएको छ ।
विश्वभर कोभिडविरुद्धको खोपलाई धमाधम सुकृति दिईरहेको बेला नेपालमा पनि खोप आपुर्तिका लागि सरकारले ठोस कदम चालेको छ।

नेपालमा कोभिडविरुद्धको खोप उपलब्ध गराउने विश्वब्यापी संजाल कोभ्याक्स बाट प्राप्त हुने खोप बाहेक सोझै खरिद प्रक्रिया उत्पादकहरुसंग सम्पर्क गरेको अधिकारीहरुले बताएका छन्। यसअघि स्वास्थ्य मन्त्रालयको अनुरोधमा पररास्ट्र मन्त्रालयले खोप निर्माणमा संलग्न रहेका ७ वटा देशहरुलाई कुटनीतिक नोट पठाउदै सम्बन्धित देशमा सुकृति पाएपछि खोपहरु नेपालले पनि पाउने सुनिस्चित गर्न अनुरोध गरेको थियो।

त्यसमध्य भारत र ब्रिटेनबाट सकारात्मक जबाफ प्राप्त भएको बताइएको छ। गत जुलाई महिनामा नेपाल सहित दक्षिण एसियाका ४ देशका विदेश मन्त्रीहरुको संयुक्त बैठकमा चिनिया विदेशमन्त्रिले खोप लगायतका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्दता जनाएका थिए। यसैगरि स्वास्थ्य मन्त्रालयले खोप उत्पादन भईरहेका देशका सरकार र खोप निर्माणमा संलग्न कम्पनीहरुसंग कुराकानी गरिरहेको बताएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल सरकारले अमेरिकाको फाइजर र मोदेरना, ब्रिटेनको एसत्रजेनेका , चीनको सिनोभ्याक, रुसको स्पुत्निक-भी र भारतको खोप उत्पादक सिरम संस्थानसंग सम्पर्क गरेको छ। सिरम संस्थानले अक्ष्फ़ोर्दबाट विश्वबिद्यालयले विकास गरेको एसत्रजेनेकाको उत्पादन गरिरहेको छ।

भारतमा हाल अनुमति पाई नसकेको साधारण रेफ्रीजिरतोरमा भण्डारण गर्न सकिने बताइन्छ जसले अनुमति मिल्ने आँकलन छ। तेसैले भारतसंग पनि सरकारले खोप खरिदको प्रस्ताव आघि बढाएको छ।

त्यसैगरी नेपालले कोभिड-१९ खोप सम्बन्धि अन्तरास्ट्रिय अभियान कोभ्याक्सबाट प्राप्त हुने खोपकै मुल्यको हाराहारीमा पाइने खरिद गर्न खोजेको छ। खोप खरिदकालागि चाहिने रकम र स्रोत जस्ता विषयमा निर्णय गर्न पररास्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सचिवहरुको संयन्त्र सरकारले गठन गरेकको छ। अर्थमन्त्री बिष्णु पौडेलले पनि खोप जनमानसमा पुर्याउन स्रोतको अभाव नहुने र खोप निर्माण गर्ने राष्ट्रसंग कुटनीतिक संवाद भईरहेको बताएका छन्। उनले खोप सबै नेपालीलाई निसुल्क हुने पनि बताएका छन्।

डब्लुएचओले शुक्रबार नयाँ वर्ष अर्थात सन् २०२१ को सुरूदेखि नै गरिब राष्ट्रहरूमा कोरोनाविरूद्धको खोप पठाउन थालिने जनाएको छ । शुक्रबार विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको स्वास्थ्य निकायका अधिकारीहरूले जानकारी दिएका छन्


प्रकाशित : २०७७ पुष ५, आईतवार ०९:०७ गते

धेरै पढिएको

ताजा समाचार