बलिउड नायिका कंगना रनौतविरुद्ध किन भयो त अदालतमा मुद्दा दर्ता ?


बलिउडकि चर्चित नायिका कंगना रनौत दिनहु विवादमा आइरहने नायिका हुन्। आफ्ना विवादास्पद टिप्पणीका कारण उनि चर्चामा आईरहन्छिन र अहिले राष्ट्रिय लोक समता पार्टीका अध्यक्ष उपेन्द्र कुशवाहविरुद्ध ट्वीट गरेपछि कंगनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ।

तीन सेप्टेम्बरमा ट्वीटरमा कंगनाले आफूविरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै अध्यक्ष कुशवाहले कंगनाविरुद्ध अदालतमा मुद्दा दर्ता गराएका हुन्।

अध्यक्ष उपेन्द्र कुशवाहले यस्ता किसिमका टिप्पणी सह्य नहुने भन्दै अध्यक्ष कुशवाहले मुद्दा दर्ता गरेका हुन् ।अध्यक्ष कुशवाहविरुद्ध गरिएको उक्त ट्वीटलाई रिट्वीट गरेपछि कुशवाहले कंगनाविरुद्ध मुद्दा दर्ता गरेका हुन्।

कंगनाले उपेन्द्र कुशवाहको चुनावी सभाको मजाक गरेको एक ट्वीटलाई रिट्वीट गरेकी थिइन् । एक ट्वीटर प्रयोगकर्ताले उपेन्द्र कुशवाहको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । तस्बिरमा उनको साथमा अन्य केही नेताहरू पनि देखिएका थिए । उक्त तस्बिरमा सबै नेताहरूलाई लुटियन्स, लिबरल, जिहादी, आजाद कश्मीर, अर्बन नक्सल, कम्युनिष्ट र खालिस्तानी बताइएको थियो ।

 


प्रकाशित : २०७७ पुष ४, शनिबार ०९:४३ गते

धेरै पढिएको

ताजा समाचार