
२०२० को अक्टुबर २४ तारिखमा प्रेमी रोहन प्रित सिंहसंग बैबाहिक जीवनमा बाधिएकी गायिका नेहा कक्कड बिहेको २ महिनामा नै आमा बन्ने भएकी छिन् ।प्रेमी रोहन प्रित सिंहसंग आफ्नो गीतको सुतिंगमा भेटेकी नेहाले छोटो समयको प्रेम सम्बन्धपछि नै रोहनसंग विवाह गरेकी थिइन्।
सामाजिक संजालमा तस्वीर शेयर गर्दै उनले आफू आमा बन्ने तयारीमा रहेको जानकारी फ्यानहरुलाई दिएकी छिन् ।
सामाजिक संजालमा रोहनसँग एक तस्वीर सार्वजनिक गर्दै नेहाले लेखेकी छिन्–‘अब मेरो ख्याल राख्ने गर ।’ रोहनले पनि नेहासँगको तस्वीर शेयर गर्दै अब झन् धेरै ख्याल राख्नुपर्ने उल्लेख गरेका छन् । नेहाका भाई गायक टोनी कक्कडले पनि आफू मामा बन्न लागेको उल्लेख गरेका छन् ।
नेहाले तस्वीर सार्वजनिक गरेसँगै उनलाई बलिउडका कलाकारहरुले वधाई दिएका छन् ।