नेपाल चलचित्र सङ्घका महासचिव अशोक शर्मा: पुस १० गते हल खुल्छ, पछि हट्दैनौँ


कोरोना महामारीका कारण गत चैतमा सरकारले सबै व्यवसायहरु प्रतिबन्ध लगाएसंगै फिल्म क्षेत्र पनि बन्द भएको थियो तर प्रतिबन्ध लगाएको यातायात, होटल व्यवसायदेखि बन्द व्यापारसम्म अधिकांश क्षेत्र खुलिसकेको भएपनि फिल्म क्षेत्र भने अझै खुल्न सकेको छैन।

नेपाल चलचित्र सङ्घका महासचिव अशोक शर्माले डब्लूएचओले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर, सरकारले जारी गरेका गाइडलाइन फलो गरेर हल खोल्ने निर्णय गरेको बताएका छन।उनले हल खोल्दा सरकारले बल प्रयोग गरेर बन्दा गर्न खोज्यो भने आफु गिरफ्तारी दिन तयार हुने कुरा पनि बताएका छन्। उनका अनुसार फिल्म हलभन्दा एकदमै धेरै सङ्क्रमण हुने स्थानहरू जस्तै सार्वजनिक यातायात सरकारले खोलिसकेको तर फिल्म हल भने अझै नखुलाउनुमा कुनै लोगिक नभएको भन्छन्।

शर्माले आफुले फिल्म हलको हरेक सोमा सेनिटाइजर गर्ने, दर्शकको जरो नापेर प्रवेश गराउने, अनलाइन टिकट काट्ने, मास्क अनिवार्य गराउने व्यवस्था मिलाउने भनेका छन् । यातायात, जुलुस, बजारमा भन्दा धेरै सुरक्षित फिल्म हल भएको र सरकारलाई सङ्क्रमण हुनसक्ने क्षेत्र फिल्म हल भनेर भ्रम परेको शर्माले बताएका छन्।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्र विकास बोर्डले हल खोल्नका लागि गत असारमै पहल चलेको, सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यूले पनि सीसीएमसीमा चिठी लेखेको र मन्त्रिपरिसदमा पनि प्रस्ताव लागेको बताएका छन्। उनका अनुसार सरकारले पुस १० गते भन्दा पहिला नै सरकारले हल खोल्ने निर्णय लिन सक्ने कुरा बताएका छन्।

चलचित्र निर्माता सङ्घका महासचिव रोज राणाले चलचित्र सङ्घले गरेको हल खोल्ने निर्णय स्वागत योग्य भएको तर हल खुल्दैमा नयाँ फिल्म दिने विषयमा सल्लाह गर्नुपर्ने बताएका छन्।

साथै निर्माता, वितरक गोविन्द शाहीले हलखुल्यो भने पनि नयाँ फिल्म लगाउने अवस्था नभएको र सुरुका समय राम्रा फिल्म रिपिट लगाउन सकिने भएको बताएका छन् । एक महिना हलमा दर्शक आउने वातावरण बनाउन पुरानो लगाउने अनि नयाँ रिलिज गर्ने र हलमा दर्शक देखिए भने माघ, फागुनबाट नयाँ फिल्म आफुले पनि दिने बताएका छन्।


प्रकाशित : २०७७ पुष २, बिहीबार ०९:५३ गते

धेरै पढिएको

ताजा समाचार