चन्द्रमाको चट्टान र धुलो लिएर चीनको चाङ्ग-अ फाइभ अन्तरिक्ष यान पृथ्वी फर्कियो


चीनको चाङ्ग-अ फाइभ अभियान अन्तर्गत चट्टान र धुलो लिएर आएको अन्तरिक्ष यान चन्द्रमाबाट पृथ्वीमा फर्कियो।यान बिहीवार १:३० बजे भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको हो।चाङ्ग-अ फाइभ अभियान नोभेम्बरको अन्त्यमा चन्द्रमामा पठाइएको थियो।

अमेरिकी एपोलो र सोभियत लुना अभियानले चन्द्रमाबाट नमुना ल्याएको ४० वर्ष भन्दा बढी भइसक्दा अहिलेका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे जानकारीहरू प्रदान गर्नेछ।चाङ्ग-अ फाइभ अभियान सफलतापूर्वक सकिनुलाई चीनको अन्तरिक्षमा बढ्दो क्षमताको अर्को प्रदर्शनका रुपमा पनि हेरिएको छ।

चन्द्रमामा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँको क्षेत्र अवलोकन गरी भुइँबाट चट्टान वा धूलो उठाएर सामग्रीहरू सङ्कलन गरेको थियो। नमुना सङ्कलनको मात्रा भन्ने सम्भवत २-४ किलो भएको अनुमान गरिएको छ। सङ्कलन गरिएको नमुनालाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाएर पृथ्वीमा फर्काइएको हो।नमुना सङ्कलन गर्न न्द्रमाको सतहमा जम्मा दुई दिन लागेको थिय।

अमेरिकी एपोलो अन्तरिक्षयात्री र सोभियत रोबोटिक लुना अभियानहरूले चन्द्रमाको सतहको ४०० किलो सामग्री सङ्कलन गरेका थिए तर ती नमुनाहरू लगभक तीन अर्ब वर्षभन्दा बढी पुराना थिए।

चाङ्ग-अ फाइभले ल्याएको चट्टान र धूलो भने अलि फरक भएको अनुमान गरिएको छ। चीनको अभियानले मन्स रुम्केर भनिने उत्तरपश्चिमको उच्च ज्वालामुखी क्षेत्रलाई निशानामा पारेको छ किनभने यो क्षेत्रबाट ल्याइएको नमुना १.२ देखि १.३ अर्ब वर्षभन्दा पुरानो नहुन सक्छ। त्यसैले अहिलेको नमुना अध्ययन गर्दा त्यसले चन्द्रमा भित्री रुपमा कसरी निर्माण भएको छ भन्ने कुरामा थप जानकारी प्रदान गर्न सक्छ।


प्रकाशित : २०७७ पुष २, बिहीबार ०८:२५ गते

धेरै पढिएको

ताजा समाचार