किसानलाई अब बजारको समस्या हुदैन :मन्त्री पदमा अर्याल


भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा कुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुका लागि बजारको सुनिस्चितता सरकारले गर्ने बताएकी छन्। उनले शुक्रबार काठमाडौँमा केन्द्रिय सहकारी बजारको उत्घाटन गर्दै सहकारीको माध्यमबाट किसानको उत्पादनको बजार सुनिस्चितता गरिने बताएकी हुन्।

सरकारले सहकारीको माध्यमबाट २६ वटा बजार निर्माण गर्ने अभियान चलाएको पनि मन्त्री अर्यालले बताएकी छन्। किसानको उत्पादनको बिक्रि तिनै बिक्रि केन्द्रबाट सुनिस्चित गरिने उनले बताइन ।यस्तै किसानहरुले उत्पादन गरेका बस्तु बिक्रि गर्न सहकारीले आफै बजारको स्थापना गर्नुपर्नेमा जोड दिन। यसबाट किसानले आफ्नो पसिनाको मूल्य नपाउने स्थितिको अन्त्य हुने बताएकी हुन।

हालको स्थितिमा बजार सरकारको नियन्त्रण मा नहुँदा किसानले लगानी उठाउन गारो भएकोले बिचौलियालाई हटाउदै किसान-बजार-उपभोक्ता को दुरी कम गर्ने अभियान सुरु भैसकेको उनले बताइन। सहकारी बजारको माध्यमबाट किसानलाई मुनाफाको अधिक अंश दिने व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताइन ।

सहकारी बजारलाई आधुनिक र गुणस्तरीय बनाउदै लैजाने पनि मन्त्रि अर्यालले बताइन र सहकारी बजारको आफ्नै कोल्ड स्टोरे स्थापना गर्ने, विषादी को परीक्षण गर्ने प्रविधिको व्यवस्था गरी उपभोक्तालाइ स्वस्थ खाद्य वस्तु उपभोग गर्ने वातावरण निर्माण गरिने मन्त्री अर्यालले बताएकी हुन्।


प्रकाशित : २०७७ मंसिर १९, शुक्रबार १९:३२ गते

धेरै पढिएको

ताजा समाचार