कोभिड खोपः(डीएनए परिवर्तन,माइक्रोचिप्स) जस्ता दाबी र यथार्थ


कोरोना भाइरस विरुद्धका खोपबारे निकै दाबीहरु गरिएको सामाजिक संजालमा देखिन्छ। खोपको नाममा आनुवंशिक कोड परिवर्तन गर्न लागिएको कुरादेखि मानिसहरूमा माइक्रोचिप्स हाल्न लागिएको दाबीसम्म छन्।

तीमध्य केहि दाबीहरू र त्यसका यथार्थ यसप्रकार छन् :
डीएनए परिवर्तनको दाबी:
कोभिद १९ विरुद्धको खोपले तपाईँको डीएनए परिवर्तन गरिदिन्छ भन्ने दाबी सामाजिक संजालमा देखिन्छ। बीबीसीले तीनजना स्वतन्त्र वैज्ञानिकहरूलाई यसबारे सोध्दा उनीहरूले कोरोनाभाइरस खोपले मानव डीएनए परिवर्तन नगर्ने कुराको स्पस्टिकरण दिएका छन्। सामाजिक सञ्जालमा बिल गेट्सले खोपको प्रयोग गरेर मानव डीएनएमा परिवर्तन गराउन खोजेको दाबी गर्दै धेरै जनाले शेअर गरेका छन्।

एमआरएनए प्रविधिको खोप पहिले कहिल्यै परीक्षण वा स्वीकृत नगरिएका चर्चा पनि सामाजिक सञ्जालमा चलेका छन्। तर यो विधिबारेका अनुसन्धान गत केही वर्षदेखि नै हुनथालेका थिए र महामारी भएपछि त झन् यसको परीक्षण हजारौँ मानिसमा गरिसकिएको छ। कोभिडका खोपहरू विभिन्न चरणमा परीक्षण भैरहेका छन्। पहिलो र दोस्रो चरणमा थोरै सङ्ख्याका मानिसमा र तेस्रो चरणमा हजारौँ मानिसमा यसको प्रभावकारिता जाँचिन्छ।

माइक्रोचिपसम्बन्धी दाबी:
सामाजिक सञ्जालमा कोरोनाभाइरस महामारी एउटा गोप्य योजना भएको र यसको खोपको नाममा माइक्रोसफ्टका संस्थापक बिल गेट्सले मानिसहरूलाई निगरानीमा राख्न सकिने माइक्रोचिप मानिसहरुमा जडान गर्न खोजेको हल्ला वा दाबी फैलिएको छ। तर यथार्थमा यस्तो खालको कुनै पनि माइक्रोचिप नभएको र बिल गेट्सले यस्तो कुनै योजना बनाइरहेको प्रमाण छैन।

वास्तवमा एकजना टिकटक प्रयोगकर्ताले आफूमा माइक्रोचिप जडान गरिएको र खोपलाई ‘दैत्यको छाप’ भनेर भिडियो बनाएपछि यो हल्ला फैलियो र बिल गेट्सले जनस्वास्थ्य तथा खोप विकासमा गरिरहेको परोपकारका कारण निसानामा परेका छन्।

भ्रूणको तन्तु प्रयोगको दाबी:
खोपहरूमा गर्भपात गरिएको शिशुको भ्रूणको फोक्सोको तन्तु प्रयोग भएका हुन्छन् भन्ने हल्लाहरू पनि सामाजिक सञ्जालमा निकै चलेका छन्। तर कुनै पनि खोप विकासमा भ्रूणका कोष प्रयोग नहुने कुरा साउद्‌याम्पटन यूनिभर्सिटीका डा. माइकल हेडले बताए र यो केवल हल्ला मात्र भएको र यसमा कुनै पनि सत्यता नभएको जानकारी दिए।

अक्सफर्ड र एस्ट्राजेनेकाले निर्माण गरिरहेको खोपबारे खोपविरोधी फेसबुक पेजमा भिडिओ राखिएको हुनाले त्यस्तो दाबी गरिएको थियो। तर यो अनुसन्धानमा कुनै भ्रूणको प्रयोग भएका छैन। खोप लगाउने बेलामा त्यस्ता कोषको कुनै अंश बाँकी रहदैन। अनि यी कोष गर्भपात गरिएका शिशुका हुँदैन भन्ने कुरा सत्य हो।

निको हुने दर बारे दाबी:
कोरोनाभाइरसबाट ज्यान जाने सम्भावना निकै थोरै भएकाले यसविरुद्ध खोप किन लगाउनुपर्‍यो भन्ने प्रश्न सामाजिक सञ्जालमा बारम्बार उठिरहेको देखिन्छ। कोरोनाभाइरस सङ्क्रमितमध्ये ९९.९७% निको हुन्छन् भने खोप लगाउनुभन्दा सङ्क्रमित हुनु नै सुरक्षित हुन्छ भन्ने हल्ला फैलिएको छ।

तर यो हल्लामा कुनै सत्यता नभएको भन्दै अक्सफर्ड विश्वविद्यालयका वरिष्ठ तथ्याङ्कविद् जेसन ओकले कोभिड लागेकामध्ये ९९% मानिस बाँच्छन् जुन १०,००० मध्ये १०० जना हो तर हल्ला मा भनिए जस्तै ९९.९७% जुन १०,००० मध्ये ३ जना होइन भनेका छन्। ओकले यसको जोखिम उमेरमा भर पर्ने र यसले छोटो वा दीर्घकालमा पनि असर पार्छ भनेका छन्।

लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका प्राध्यापक लियाम स्मिथ खोप लगाउने कार्यलाई अरू मानिसको जीवनरक्षा गर्ने कार्य सरह समाजले लिनुपर्ने सुझाव दिन्छन्।

 

 


प्रकाशित : २०७७ मंसिर १९, शुक्रबार १७:०१ गते

धेरै पढिएको

ताजा समाचार