अज्ञात समुहले कटारीको सिमेन्ट कारखानाको चुनढुंगामा ४ वटा बम बिष्फोट


१९ मंसिर २०७७, उदयपुर, कटारीमा रहेको सिमेन्ट कारखानाको चुनढुंगामा अज्ञात समुहले बम बिष्फोट गराएको जानकारी आएको छ। बम
विष्फोट कटारी नगरपालिका–८ मा रहेको सौर्य सिमेन्टका लागि चुनढुंगा उत्खनन गर्ने खानीमा भएको हो।

बम विष्फोट मध्यराति १२ बजेतिर भएको थियो। बम विष्फोटबाट चार वटा स्काभेटर र एउटा मोटरसाइकलमा क्षति पुगेको छ। मोटरसाइकल पूर्णरुपमा जलेको छ। साथै तेही खानीका काम गर्ने पाँच जना कर्मचारी लडेर घाइते भएका छन्। घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको छ।

कटारीका इलाका प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले अज्ञात समुहबाट चार वटा बम विष्फोट भएको बताउनुभयो र आझै दुई वटा शंकास्पद वस्तु रहेकाले डिष्पोजल टोली लिएर घटनास्थल जान लागेको जानकारी दिनुभयो ।


प्रकाशित : २०७७ मंसिर १९, शुक्रबार ११:५८ गते

धेरै पढिएको

ताजा समाचार