राष्ट्रसंघमा कोभिड–१९ खोपको महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन: कोभिड –१९ खोप विश्वव्यापी रुपमा नै उपलब्ध हुनुपर्ने बताए


कोभिड –१९ को खोप को बारेमा चर्चा परिचर्चा भैरहदा सम्बन्धित बिषयमा प्रधानमन्त्री ओलीले कोभिड –१९ खोपहरु विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ भनेका छन्। ओलीले कोभिड –१९ को खोप सबै मुलुक र जनताको लागि सहज पहुँच र उपलब्धता हुनुपर्छ भनेका छन्।

प्रधानमन्त्री ओलीले कोभिड –१९ खोप विश्वव्यापी रुपमा नै उपलब्ध नभएसम्म र सबै आम जनतालाई सहज पहुँच नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुने कुरा पनि बताए। हालमा विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुर्याउन कोभाक्सले गरिरहेको पहलको पनि प्रधानमन्त्री ओलीले स्वागत गरेका छन्।

कोभिड–१९ लाई केन्द्रित गरेर राष्ट्रसंघले आयोजना गरेको विशेष महासभामा प्रधानमन्त्री ओलीको सम्बोधनको भिडियो रेकर्ड गरेर राष्ट्रसंघ पुर्याइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताएका छन् र आफु कोभिड –१९ को खोप जनता माझ पुर्याउनुपर्ने पक्षमा भएको बताएका छन्।


प्रकाशित : २०७७ मंसिर १९, शुक्रबार ०९:२६ गते

धेरै पढिएको

ताजा समाचार