यसरि बन्दै छ नेपालको पहिलो पानीजहाज (भिडियो सहित)


राइनो वाटर इन्टरटेन्मन्ट प्राइभेट लिमिटेडले चितवनको काभ्रेघाटमा छ महिनादेखि पानीजहाज बनाउने काम गरिरहेको छ।

उक्त कम्पनीका प्रबन्धक निर्देशक रामचन्द्र कँडेल अध्ययनको सिलसिलामा पहिलोपटक जर्मनी गएका बेला आफूलाई पनि पानीजहाज बनाउने विचार आएको बताउँछन्।

नेपालमा पहिलो पटक पानीजहाज बन्न लागेको कँडेलको दाबी छ।त्यसका लागि सिङ्गापुर, मलेशिया, चीन, जर्मनी र भारतका क्रूज निर्माता कम्पनीहरूमा गएर अवलोकन गरिएको उनले बताए।नारायणी नदीमा पानीजहाज सञ्चालनको लागि सिङ्गापुर र भारतका प्राविधिकहरूले नारायणीको जलप्रवाह मापन तथा अन्य चुनौतीहरूको अध्ययन र पर्यावरणीय प्रभाव मूल्याङ्कन एक वर्षसम्म गरेका थिए।

पानीजहाज निर्माणका लागि झन्डै करिब ३५ करोड लगानी लाग्ने अनुमान गरिएको छ। भारतको ग्रान्ड्युर मरीन इन्टर्न्याश्नल कम्पनीले नर्वेजियन प्रविधिमा उक्त पानीजहाजको निर्माण गरिरहेको छ। (यो भिडियो पनि हेर्नुहोस)


प्रकाशित : २०७७ मंसिर १४, आईतवार १८:५३ गते

धेरै पढिएको

ताजा समाचार