१२ कात्तिक । मेचीनगर नगरपालिका झापाका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि भारतको सिलिगुढी लगिएको छ ।

कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उनी केही दिन होम आइसोलेशन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत थिए ।

मधुमेहका बिरामी उनलाई स्वास्थ्य झन् कमजोर हुँदै गएपछि मंगलबार साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

ट्रेन्डिङ