प्युठानमा बाँदर धपाउन खोज्दा हानेको बन्दुकको गोली लाग्दा एक वृद्धको मृत्यु भएको छ ।घटनामा नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँका ३४ वर्षीय हेमलाल सुनारले सोमबार बिहान बारीमा बाँदर भगाउने क्रममा चलाएको बन्दुकले नातामा काका पर्ने दलबहादुरलाई लागेको हो ।

बन्दुक प्रहारकर्ता हेमलाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी गराए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

ट्रेन्डिङ