कोरोना संक्रमित १ युवकको मृत्यु


११ कात्तिक, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

कात्तिक ५ गते श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनलाई कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी लामो समयदेखि मुटु तथा मिर्गौला रोगबाट समेत पीडित थिए ।


प्रकाशित : २०७७ कार्तिक ११, मंगलवार ०९:१२ गते

धेरै पढिएको

ताजा समाचार