अनेरास्ववियुका सचिवालय सदस्य युवा नेता युवराज कुवँरको उदार मन

0
164
yubraj kunwar

अनेरास्ववियुका सचिवालय सदस्य युवराज कुवँरले जन्मदिनको अवसरमा सहयोग गरेका छन । आफ्नो जन्मदिनको अवसरमा कुवरले एसटिएस रोगबाट ग्रसित भएका व्यक्तिलाई सहयोग गरेका हुन ।

कुवरले एसटिएस रोगबाट ग्रसित अछाम जिल्लाको साफेबगर नगरपालिका वडा  नम्बर १० घुघुरकोट घर भएका दिर्घराज भाटलालाई  १६ हजार २०५ रुपैयाँ सहयोग गरेका हुन । उनले उक्त रुपैँया उनका भाइ धनगढीको जाइ घर भएका भरत भाटलाइ हस्तान्तरण गरेका हुन | आर्थिक अवस्था कमजोर भएका उनलाई उपचारमा केही सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरिएको कुवरले बताए । लाखौंमा एक जनालाई हुने एकदमै दुर्लभ रोग एसटिएस बाट ग्रसित भएका भाटको काठमाण्डौको सिभिल हस्पिटलको ३०१ नम्बर बेडमा उपचार भईरहेको छ ।

साजसेवामा सक्रिय कुवँर समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here