कोरोनाका कारण फेरी २ को निधन

0
52

समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको मानिएको वीरगञ्जमा शनिबार मात्र कोभिड-१९ बाट २ जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट एघार जनाको मृत्यु भएको छ ।

वीरगञ्ज-१६ नगवा बस्ने साठी बर्षीया महिलाको शनिबार साँझ ६ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । नारायणी बयोधा अस्पतालको आइसोलेसनमा उपचाररत उनलाई साउन १६ गते शुक्रबार राति कोरोना संक्रमण पुष्टि भयो । अस्पतालले शनिबार उनलाई कोरोना विशेष अस्पताल गण्डकमा पठायो गर्‍यो । तर गण्डकमा ल्याइएका संक्रमितलाई बुझ्ने क्रममा मृत्यु भइसकेकेा पाइएको डा. निरज सिंहले जानकारी दिए ।

श्वास प्रश्वासमा समस्या भएपनि उनलाई १४ गते भवानी अस्पतालमा लगियो । तर त्यहाँ उपचार सम्भव नभएको भन्दै भर्ना नलिए पछि नारायणी बयोधा अस्पताल पुर्‍याइएको थियो । त्यहाँ पनि अस्पतालले भर्ना लिन मानेन । आरडीटी परीक्षण रिपोर्ट माग्यो । वीरगञ्ज हेल्थ केयर हस्पिटलमा गएर आरडीटी गराउँदा रिपोर्ट नेगेटिभ आएपछि राति १ बजेतिर भर्ना लिएको मृतकका कान्छो छोराले बताए ।

बयोधामा आईसीयू चार्ज, औषधी उपचारमा गरेर ८० हजार खर्च गर्दा पनि आमालाई बचाउन सकिएन उनले बताए ।

यस्तै नारायणी वयोधा अस्पतालमै मृत्यु भएकी वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो ।

रिपोर्ट नआउँदै बिहान १०:१२ बजे मृत्यु भएको थियो । शुक्रबार राति रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी गराए । सुगरबाट ग्रसित महिलामा निमोनिया र हाईपर टेनसन समेत रहेको नारायणी अस्पतालका डा निरज सिंहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here