यातायात व्यवसायीहरुले मानेनन् सरकारको सार्वजनिक गाडी चल्न दिने निर्णय

0
107
transport

यातायात व्यवसायीहरुले सार्वजनिक सवारी नचलाउने निर्णय गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटि बैठकले वातावरण तयार गर्न सरकार उदाशीन भएको भन्दै तत्कालको अवस्थामा सार्वजनिक सवारी नखुलाउने निर्णय गरेको हो ।

सरकारले बिहीबार मात्रै जिल्ला भित्र र काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीलाई खुला गर्ने निर्णय गरेको थियो । तर, व्यवसायीले सरकारसँग विभिन्न शर्तहरु राख्दै पुरा नभएसम्म सवारी चलाउन नसकिने निर्णय गरेका छन् ।

महासंघका महासचिव सरोज सिटौलाले बैंकको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुर्नकर्जाको व्यवस्था लगायतको माग सम्बोधन नभएकाले तत्कालै कुनै खालका सार्वजनिक सवारी नचलाउने निर्णय भएको बताए । महासंघले चालक तथा सहचालकको स्वास्थ्य सुरक्षाका लागि बीमाको ग्यारेन्टी गर्नु माग पनि गरेको छ । भोलि सार्वजनिक सवारी चलेपनि रोग संक्रमण फैलाएको आरोप लाग्न सक्ने भन्दै महासंघले सवारी चल्नुअघि नै त्यस्तो जोखिमको मूल्यांकन गरेर योजना बनाउनुपर्ने माग गरेको छ ।

महासंघले हाल गाडीको सबैजसो कागजपत्रको म्याद सकिएको भन्दै त्यसको नवीकरणबारे पनि सरकारले नीति ल्याउनुपर्ने माग राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here