सरिता गिरी सांसद पदबाट निलम्बन हुने

0
154
sarita giri

काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको नियम उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीका एक नेताले बताए ।

‘उहाँले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गर्नुभएको थियो । पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो,’ समाजवादी पार्टीका एक नेताले एक संचार माध्यमलाई बताएका छन्।

पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकरी संसदलाई गराइने स्रोतले बताएको छ। सरिता गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन् ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here