ट्रम्पले सामाजिक सञ्जाल बन्ध गर्ने चेतावनी दिएका छन्

0
174

ट्वीटरले उनका दुई ट्वीट ‘फ्याक्ट चेक’मा राखेपछि बुधबार उनले सामाजिक सञ्जालका कम्पनीहरूलाई नियमन वा बन्द गर्ने चेतावनी दिएका हुन्।उनले ठूला सामाजिक सञ्जाल कम्पनीले कन्जरभेटिभ आवाजहरूलाई बाहिर आउन नदिएको भन्दै उनीहरूलाई कडा नियमन वा बन्द गर्ने चेतावनी दिएका हुन्।

‘रिपब्लिकनहरूलाई सामाजिक सञ्जालले कन्जरभेटिभ आवाजलाई बाहिर आउन दिँदैनन् भन्ने लाग्छ। यो हुनुभन्दा अघि हामी त्यसलाई कडा रूपमा नियमन वा बन्द गर्छौं,’ उनले ट्वीटरमा लेखेका छन्, ‘सन् २०१६ को राष्ट्रपतीय चुनावमा उनीहरूले के गरे भन्ने हामीले देखेका छौं र अहिले त्यसको परिष्कृत रूपलाई फेरि आउन दिने छैनौं।’

अमेरिकामा राष्ट्रपति एक्लैले कुनै कम्पनीलाई बन्द गर्न वा नियमन गर्न भने सक्दैनन्। त्यसको लागि कंग्रेस वा फेडरल कम्युनिकेसन कमिसनले निर्णय गर्नुपर्ने व्यवस्था छ।मंगलबार ट्विटरले ट्रम्पको हुलाकबाट पठाइने मतपत्रलाई ‘कपटपूर्ण’ भनेको र ‘मेलबक्स लुटिनसक्छ’ भन्ने चेतावनीको वाक्यांश भएका ट्विटमा ‘फ्याक्ट चेक’को चिन्ह लगाइदिएको थियो।

ट्विटरको उक्त कदमलाई राष्ट्रपति ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा ट्विटरको हस्तक्षेप भएको प्रतिक्रिया दिएका थिए।

‘ट्विटरले २०२० को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न सुरू गरेको छ। उनीहरूले ‘मेल-न ब्यालोट्स’मा मैले दिएको भनाइले व्यापक भ्रष्टाचार र धोकातर्फ लैजाने बताइरहेका छन्, जुन गलत हो। उनीहरूले यो सिएनएन र अमेजन वासिङट्न पोस्टको गलत समाचारमा आधारित भएर गरिरहेका छन्’, ट्वीटरमा ट्रम्पले भनेका थिए,’ट्विटरले वाक स्वतन्त्रतालाई नियन्त्रण गर्ने काम गरेको र राष्ट्रपतिका रूपमा त्यस्तो हुन दिन्न।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here