र्‍यापर VTENको प्रभाव राम्रो वा नराम्रो?

0
170

समीर घिसिंग VTEN को नामले परिचित छन्, उनि एक र्‍यापर र हिप-हप कलाकार हुन् जसले नेपाली संगीत उद्योगमा फरक स्वाद ल्याए र धेरै स्रोता तथा दर्शक कमाए। । उनका हिट गीत धेरै छन् अहिले ‘हामी यस्तै त हो नी ब्रो’ बच्चाहरुको जिम्रोमा पनि झुन्डिएको छ भने युटुबमा धेरै पटक हेरिएको छ।

रौतहटको चन्द्रपुरका घिसिंग आफ्ना काकासँग १३ बर्षको उमेरमा काठमाडौं आएका हुन् । समीर काठमाडौं  बिधालयमा उच्च माध्यमिक तहमा भर्ना भए तर दुई पटक असफल भएपछि उनी पढाइ छाडि दिए । उनलाई उनको काकाको घरबाट पनि  निकालियो।

उनि कठिन समयबाट गुज्रिन पुगे, आत्मघाती विचारहरूले उनलाई दिक्क बनायो। त्यहि समयमा उनले आफ्नो अनुहारमा झुण्डिएको डोरीको ट्याटू खोप्ने गर्ने निर्णय गरे । ऊनि प्रायः ऐना हेरी रहन्थे ताकी ट्याटू देखेपछी उनको आत्महत्या गर्ने विचार हटोस्।

VTENका गीत धेरै रमाईला छन्। धेरै कलिलो उमेरमा VTENले आफूलाई अद्भुत थान्का चित्रकारको रूपमा पनि स्थापित गरेका थिए र आफ्नो आयबाट केही खर्च रौंतहटमा रहेका आफ्ना आमा-बुबालाई पनि पठाउथे । तर २०७२ को भूकम्पपछि उनको त्यो एउटा मात्र आय गर्ने बाटो पनि बन्द भयो र VTEN बिचलित बन्न पुगे ।

सामान्य तलबको लागि रोजगारी खोज्ने धेरै प्रयास गर्दा पनि उनले कतै जागिर पाएन त्यसपछि उनि  सांगीतिक क्षेत्र तिर लाग्ने निर्णय लिए।

समीर युवा अवस्थादेखि नै हिप-हप र र्याप संगीतमा संलग्न थिए। एमिनेम र म्याक फ्लो उनका प्रेरणाका स्रोत हुन्। VTEN १३ वर्देषाको उमेर देखि नै र्‍याप गाउदै र बी-बोयिंग गरिरहन्थे । उनले पहिलो लोकप्रिय गीत ‘चुरोट’ रिलीज गरेपछि लोकप्रियता प्राप्त गरे जुन युट्यूबमा । ६.८ मिलियन भन्दा बढी पटक हेरिएको छ।

“र्‍याप भनेको विद्रोही पृष्ठभूमिबाट आएको हो। VTEN का गीतमा जे समावेश छ अभिव्यक्ति स्वतन्त्रता हो जुन म राम्रो मान्दछु, “रोहित जोन क्षत्री , एक प्रख्यात गायक तथा  गीतकारले भनेका छन्।

उनको गीत ‘हमि यस्तै ट हो नी ब्रोले  ‘ नेपालमा मात्र होइन, अन्य देशहरूमा पनि ख्याति कमाएको छ।
उनका धेरै फ्यान फलोवर्सका बाबजुत धेरै व्यक्तिहरु छन् जसले सोच्छन् कि VTEN का गीतहरुले किशोर किशोरीहरूमा खराब प्रभाव पारेका छन्।

“उनका शब्दहरूको छनौट गाह्रो छ, र उनको गीतको बोलको अर्थ छैन,” । ‘हामी यस्तै त हो नी ब्रो’ मा, VTEN “गाँजा खाने , मात्तिने र थाई केटि सँग शारीरिक रूपमा संलग्न भएको कुरा गरेका छन्” शुष्मा अधिकारीले भनेकि छन।

गीतहरू र त्यस्तै अनुचित भिडियो सामग्रीमा अश्‍लील शब्दहरूको प्रयोगले उनले धेरै आलोचना खेप्नु पनि परेको छ ।

यद्यपि …..आफ्नो संगीतको सपोर्ट गर्दै VTEN भन्छन “मेरो गीतको बारेमा अरुले के भन्छन त्यसको मलाई मतलब छैन” , “उनले भने,” यदि कसैले मेरा गीतहरु मन पराउँदैनन् भने मलाई चिन्ता छैन किनभने म उनीहरुको लागी र्‍याप गर्दिन, म   गछु किनकि यसले मलाई खुसि मिल्छ।”

VTEN आफै दाबी गर्छन कि उनको गीतहरुको वास्तव मा केहि अर्थ छैन, ती सिर्फ जोक लेखिएको हो ।

VTEN को प्रख्यात कथा धेरैको लागि प्रेरणा हुन सक्छ, तर जीवनको बारेमा उनको दृष्टिकोण अनुकरण गर्न लायक नहुन पनि सक्छ।

“उनको जीवन प्रेरणादायी कथा हो तर पनि उनका गितहरुमा शब्दहरूको छनोट अश्‍लील हुनुहुदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here