२५ बर्षे महानायकको फुलेको दाह्री

0
186

होम क्वारेन्टाइनमा रहँदा खिचेका तस्वीर तथा भिडियोमा राजेशको जुँगा दारी लामा छन् र सेतै फुलेका छन् । बाहिर हिँड्नु नपर्दा दारी खौरिनसमेत अल्छि गरेका हमाल दिन चाहिँ कसरी बिताइरहेका छन् त ?

उनी अहिले थरिथरि क्रियाकलाप गर्छन् घरभित्रै । उनले आफ्नी श्रीमती मधु भट्टराईसित रोमान्टिक डान्स गरेको भिडियो पनि बाहिर ल्याएका छन् ।

यस्तै, बिहिबार उनले एउटा रमाइलो भिडियो पोष्ट गरे । जहाँ उनी भागेर कफी सपमा जाने बताउँछन् । उनी आफ्नै घर भित्रको बगैचामा रहेको कफी स्टेशनमा पुग्छन् र कफी पिउँछन् ।

उक्त भिडियोमा राजेश हमालको फुलेको दाह्री देखिन्छ । तर पनि राजेश आफूलाई जवान भन्न छोड्दैनन् । उनले भन्ने गर्छन्, ‘दाह्री भनेको पाक्ने हो, फुल्ने कुरा त अरु नै छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here