के हो आज खस्ने एसट्रोइडको वास्तविकता ? यस्तो भन्छन वैज्ञानिक

0
224

बैशाख १७: झन्डै २ किलोमिटर चौडाई भएको एसट्रोइड पृथ्वीको नजिक भएर बुधबार (आज ) झर्दैछ । पृथ्वीको नजिकबाट आए पनि यो पृथ्वीसँग भने नठोक्किने वैज्ञानिकहरुले जनाएका छन् । ५२७६८ (१९९८ ओआरटु) नाम दिइएको यो एसट्रोइड सन् १९९८ मा पहिलोपटक देखा परेको थियो ।

बुधबार यो पृथ्वीबाट ३९ लाख ८ हजार ७९१ माइल्स टाढाबाट १९ हजार ४६१ माइल्स प्रति घण्टाको रफ्तारमा जनेछ । यो दुरी पृथ्वी र चन्द्रमाको दुरीभन्दा झन्डै १६ गुणा बढी हो । नासाका बैज्ञानिकहरुका अनुसार, यो ग्रह भारतीय समयअनुसार आज ३ बजेर २६ मिनेटमा यो पृथ्वीको नजिक आइपुग्नेछ । नासाको सेन्टर फर नियर अर्थ अब्जेक्ट (एनइओ) ले पृथ्वीसँग ठोक्किन सक्ने यस्ता क्षुद्र ग्रहहरुको अध्ययन गर्ने गर्दछ । यसलाई द-भर्चुअल टेलिस्कोपको वेबसाइटबाट हेर्न सकिनेछ । यो अहिलेसम्म पृथ्वीको नजिकबाट पारहुने सबैभन्दा ठूलो एसट्रोइड भने होइन ।

सन् २०१७ को सेप्टेम्बरमा पृथ्वीको नजिकबाट गुज्रिएको ३१२२ फ्लोरेन्स (१९८१ इटी३) अहिलेसम्मकै सबैभन्दा ठूलो उल्कापिण्ड हो । यो सेप्टेम्बर २, २०५७ मा पुनः पृथ्वीको नजिक आइपुग्ने वैज्ञानिकहरुले जनाएका छन् ।

स्रोतः सीएनएन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here