सरकारको कोरोनाका कारण स्थगित विद्यालय तहको परिक्षा लिने योजना

0
219

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले आइतबार मन्त्रीपरिषदले गर्ने निर्णयका आधारमा शैक्षिक कार्यक्रम र योजना बनाउने जानकारी गराएका छन्।शिक्षा पत्रकार समूहले कोरोना भाइरसको महामारीबाट शैक्षिक क्षेत्रमा उत्पन्न परिस्थितिका बारेमा बैशाख १३ गते गरिइको भर्चुअल पत्रकार साक्षात्कारमा उनले यो कुरा ब्यक्त गरेका हुन् । मन्त्रालयले गठन गरेको समितिले भोलि आइतवार सुझाव प्रतिवेदन बुझाउने छ।विपदको समय भएकाले परीक्षाको सट्टा आन्तरिक मूल्याकंन र अरु विधिबाट कक्षोन्नति गर्न सकिने विकल्प दिइरहेको भए पनि अझैपनि सरकारले कोरोनाका कारण स्थगित विद्यालय तहको परिक्षा लिने योजनामा रहेको छ।

विद्यालय तहको अन्तिम परिक्षा भएकाले १२ कक्षाको परीक्षा गर्नैपर्ने बाध्यता रहेको मन्त्री पोखरेलको भनाइ छ।
स्थिति सामान्य भएको तेस्रो सातामा परिक्षा संचालन गर्न सकिनेगरी राष्ट्रिय परिक्षा बोर्ड तयारी गरि रहेको छ।
‘घरकै खाना खाएर, नजिकैको विद्यालयमा सुरक्षित परीक्षा दिने व्यवस्था मिलाउनेछौ’, मन्त्री पोखरेलले बताएका छन । यसैगरी सयौं विद्यार्थीका कारण सामाजिक दूरी कायम गर्न मुस्किल हुने र शैक्षिक संस्थाहरु लकडाउनपछि सबैभन्दा अन्तिममा खुल्ने क्षेत्र भएको पोखरेलले बताए।

यस्तै अहिले देशभर २ सय ५० विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाईएको छ त्यसकारण पनि तत्काल त्यहाँ कक्षा संचालन गर्न असम्भव भएका कारण नयाँ ढंगले कक्षा संचालन गर्ने विकल्पको पनि खोजी भईरहेको जानकारी उनले गराए। ‘जेठसम्ममा नयाँ शैक्षिकसत्र सुरु गर्न सके शैक्षिक सत्र भत्किदैन। परिक्षाहरु पनि संचालन हुनसक्छन्’, उनले भने। अबको एक हप्ताभित्र सबै विद्यालयको नतिजा निकाल्ने र अर्को हप्तामा माथिल्लो कक्षामा भर्ना हुने बाटो खोल्ने गरी विद्यालय तहको शैक्षिक कार्यक्रम अघि बढ्ने उनले बताए।

सबै बिदा कटाएर साथै, अतिरिक्त कक्षालाई बढाएर पनि शैक्षिक सत्र बिग्रिन नदिने मन्त्री पोखरेलले जानकारी गराएका छन्। मन्त्रालयले अनलाइन कक्षालाइ अगाडी बढाउने विकल्पको पनि खोजि गरिरहेको छ । सो समितिले अन्य ६ विषयगत समिति पनि गठन गरेको छ। समितिले प्रारम्भिक अवधारणा दिइसकेको र विषयगत उपसमितिसँग पनि छलफल भइरहेको जानकारी उनले दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here