डर्टमन्डलाई हराउँदै पीएसजी क्वार्टरफाइनलमा

0
174

काठमाडौं २९ फागुन । फ्रेन्च महारथि पेरिस सेन्ट जर्मन (पीएसजी) युइएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमन्डमाथि पुनरागमन जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।घरेलु मैदानमा बुधबार राति भएको दोस्रो लेगमा पीएसजीले बोरुसिया डर्टमन्डलाई २–० गोलले हरायो । पहिलो लेगमा २–१ गोलले पछि परेको पीएसजी समग्रमा ३–२ गोलले विजयी भयो । कोरोना भाइरसको त्रासले दर्शकविना  खाली स्टेडियममा खेलिएको खेलमा पीएसजीलाई जिताउन सुपर स्टार नेयमार र जुवान बर्नाटले गोल गरे ।

२८औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । नेयमारले एन्जल डी मारियाको पासमा उत्कृष्ट डाइभ हेडिङ गोल गरेका थिए ।जुवान बर्नाटले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीको अवस्था बलियो बनाए । उनले पाब्लो सारावियाको पासमा गोल गरेका थिए । दोस्रो हाफमा गोल फर्काउने राम्रो अवसर बनाएपनि डर्टमन्ड सफल हुन सकेन । ८९औं मिनेटमा डर्टमन्ड १० खेलाडीमा समेटिएको थियो । नेयमारलाई अनावश्यक फल हानेपछि इम्री क्यान रातो कार्ड पाउँदै बाहिरिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here