मच्छिन्द्र माइभ्याली गोल्डकपको फाइनलमा

0
119

काठमाडौं, २१ फागुन । शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लब इलाममा जारी माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा भारतको मानेभञ्जाङ फुटबल क्लब दार्जिलिङलाई ३–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले फाइनलमा आफ्नो सिट सुरक्षित गरेको हो ।

खेलको १९औँ मिनेटमा मच्छिन्द्र क्लबका रेजिन सुब्बाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको २१औँ मिनेटमा रजिन धिमालले प्रहार गरेको कर्नरमा मच्छिन्द्रका विदेशी खेलाडी अडेलाजा सोमेडेले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका थिए । मच्छिन्द्रका रजिन सुब्बाले नै खेलको ८७औँ मिनेटमा तेस्रो गोल गरेका थिए ।

खेलको ‘म्यान अफ दि म्याच’ मच्छिन्द्रका देवेन्द्र तामाङ घोषित हुँदै रु १० हजार प्राप्त गरे । यससँगै माइभ्यालीको छैटौँ संस्करणबाट चारवटै विदेशी टिम बाहिरी सकेका छन् । बिहीबार आयोजक माइभ्यली फुटबल क्लब र त्रिभुवन आर्मीबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । यही फागुन २४ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेताले रु आठ लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here