न्युजिल्यान्डद्वारा भारतमाथि टेष्ट सिरिज क्लिन स्विप

0
84

 

फागुन १९ , काठमाडौं । न्युजिल्यान्डले भारतमाथिको दुई दिनको आईसीसी टेस्ट सिरिज क्लिन स्विप गरेको छ । सोमबार भएको टेस्ट सिरिजमा न्युजिल्यान्डले भारतलाई ६ विकेटले पराजित गर्दै न्युजिल्यान्डले २–० को जित निकालेको हो । यसअघि पहिलो टेष्टमा भारत न्युजिल्यान्डद्वारा १० विकेटले पराजित भएको थियो ।

न्युजिल्यान्डका ट्रेण्ड बोल्डले सर्वा्धिक चार विकेट विकेट लिए । भारत पहिलो इनिङ्समा २४२ रनमा अलआउट भएको थियो । भारतका लागि हनुमा बिहारीले सर्वा्धिक ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । न्युजिल्यान्डका लागि टिम साउथी र ट्रेन्ड बोल्टले दुई–दुई विकेट लिए ।

भारतले दिएको १३२ रनको न्युजिल्यान्डले तीन विकेट गुमाएर पूरा गरेको थियो । यसअघि भारतले दोस्रो इनिङ्समा १२४ रन जोड्दा अलआउट भएपछि न्युजिल्यान्डले सामान्य लक्ष्य पाएको थियो । भारतका लागि चेतेश्वर पुजाराले सर्वा्धिक २४ रन बनाएका थिए ।

भारतलाई पहिलो इनिङ्समा सस्तैमा समेटेको न्युजिल्यान्डका लागि ले पनि पहिलो इनिङ्स कम रन बनाएको थियो । न्युजिल्यान्डका लागि टम लाथमले सर्वा्धिक ५२ रनको अर्धशतकीय पारी खलेका थिए । न्युजिल्यान्ड २३५ रनमा अलआउट भयो । यस्तै उसका केली जेमिसनले सर्वा्धिक ४९ रन बनाए । भारतका मोहमद शामीले सर्वा्धिक चार विकेट लिए का छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here