अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशीले आज विवाह


फागुन १५, काठमाडौँ । अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशीले आज विवाह रहेको छ । उनीहरुले गतवर्ष नै इन्गेजमेन्ट गरेका थिए ।

यसअघि मंगलबार प्रियंकाको मेहेन्दी र संगीतको आयोजना भएको थियो। आफ्नो मेहेन्दी र संगीतका केही तस्वीरहरु सामाजिक सञ्जाल इंस्टाग्राममा पोस्ट गरेकी थिइन्।

 

मंगलबार दिउँसो मेहेन्दीको कार्यक्रम भएको थियो भने बेलुकादेखि सुरु भएको संगीत कार्यक्रम मध्य रातीसम्म चलेको थियो। उनको संगीत कार्यक्रममा नायिका केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, वर्षा राउत, नायक संजोक कोइराला, आशिरमान देशराज श्रेष्ठ जोशी, पूर्व मिस नेपाल जेनिसा मोक्तानलगायतका कलाकार पुगेका थिए।


प्रकाशित : २०७६ फाल्गुन १५, बिहीबार ११:५८ गते

धेरै पढिएको

ताजा समाचार