रुशील अमात्य द्वारा निर्देशित भिजिट नेपाललाई लक्षित म्युजिक भिडियोले चर्चा बटुल्दै

0
150

स्प्लाश इमेज इन्टर्टेन्मेन्टको ब्यानरमा रुशील अमात्य द्वारा निर्देशित नया म्युजिक भिडियो कथा हाम्रो एउटै ओएसआर डिजीटल मार्फत सार्बजनिक भएको छ । रुशील अमात्य विभिन्न नेपाली , नेवारी , चलचित्रको सह निर्देशनका साथै उत्कृष्ट म्युजिक भिडियो निर्देशन गर्दै आएका छन् । बिबेक हाडा, आशिष नकर्मि, रन्जन ठकुरी घोसाल, रोदन श्रेस्ठको स्वर रहेको यस म्युजिक भिडियोमा बाशु बरालले छायांकन गरेका छन्|  शर्मिला थेबे लिम्बुले लेखेको यस गीतमा आदर्श बिस्टले लय भरेका छन् भने सुदिप सिंहले संगीत संयोजन गरेका छन् |

 ताप्लेजुंग जन्म स्थान भएता पनि इटहरीमा बाल्यकाल बिताएकी शर्मिला थेबे लिम्बुले संगीत क्षेत्रमा ठुलै रुची देखाइन। उनले सानै देखि आफ्नो प्रतिभा प्रस्तुत गर्न सुरु गरिन। यो गित पनि उनकै सिर्जना हो। उनि ब्रुनाईमा रहदा पनि एफ एम मा RJ को भुमिका निर्बाह गरिन तर उनको स-परिवार बेलायतमा भएको हुनाले उनि बेलायतमा बसिरहेकी छन् ।

नेपाली गित संगितमा पछिल्लो समयमा ठुला लगानीका गितहरु निर्माण भईरहेका छन । ठुलो लगानीमा निर्माण भएको गित मध्य कथा हाम्रो एउटै जिग्रि बोलको गित पनि एक हो । करिब ३ दिन लगाएर सुटिङ सम्पन्न गरेको यो गित मुस्ताङमा छायांकन भएको हो | यो भिडियोले उत्कृष्ट प्रतिकृया दर्शकबाट बटुली रहेको छ| सानै देखी गौतम ईंग्लिश सेकेन्डरी  स्कुलमा संगै पढेका साथीहरु आफ्नो काममा ब्यस्त भये पनि यो गितले उनीहरुबिच मित्रताको नया उर्जा थपिएको यो भिडियोका निर्देशक रुशील अमात्यले जानकारी दिए |

सुदिप  सिंह हेटौडामा जन्मिएका एक हस्ती हुन्। उनले हेटौंडा को चर्चित ब्याण्ड BUDS मा गीतारिस्टको भूमिका निर्बाह गरिरहेका छन्।उनले चर्चित चलचित्र लुटको घ्याम्पे बोलको गीतमा पनि संगीत  संयोजन गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here