प्रयोग विहिन बन्दै विर हस्पिटलको उपकरण

0
12

२१ साउन, काठमाडौं । युरो सर्जरी विभागको लिथोट्रिप्टर विग्रिएको छ महिनामा न बनाउने काम भएको छ, न त नयाँ किन्ने प्रकृया थालिएको छ । विभाग प्रमुख डा। प्रकाश श्रेष्ठ भन्छन्, ‘भिसी ९उप(कुलपति०लाई भेटेर समस्या बताउँदा मेसिन चल्दैन भने सेवा बन्द गर्दिनुस् भन्नुभयो ।’

युरो सर्जरी विभागमा पिसीएनएल अप्रेशनको लागि लिथोट्रिप्टर प्रमुख उपकरण हो । यो उपकरणले बिरामीको छालामा प्वाल पारेर भित्रको पत्थर फुटाउँछ । अर्थात्, अप्रेशनको मुख्य काम लिथोट्रिप्टरबाट हुन्छ ।‘लिथोट्रिप्टर नहुँदा अप्रेशनको लागि विरामीले लामो समयसम्म कुर्नु परेको छ’, डा। श्रेष्ठ भन्छन्, ‘तर हामीले अरु उपकरणले भए पनि काम चलाएका छौँ ।’ डा। प्रकाशले भने, ‘उपकरण अभावकै कारण एउटा विरामी अप्रेशन गर्नको लागि छ महिनासम्म कुर्नुपर्ने अवस्था छ ।’ युरो विभागकै लेजर मेसिन पनि विग्रिएर बसेको छ ।

वीर अस्पतालको युरो विभागमा मात्र नभएर नभएर अरु थुप्रै विभागका उपकरणहरु विग्रिएका छन् । इमरजेन्सी विभागकै एक्सरे मेसिन बिग्रिएको तीन हप्ता भयो ।

सिंगो वीर अस्पतालमा एउटा मात्र एमआरआई मेसिन छ । त्यही विग्रिदा करिव दुई सेवा ठप्प भयो । एक महिनाअघि मात्र यो मेसिन त बन्यो, तर एक हप्ता नवित्दै रेडियसन प्रोटेक्सनमा समस्या देखापर्‍यो । काम भने चलिरहेको अस्पतालका निर्देशक डा। केदार सेन्चुरी बताउँछन् । उनी भन्छन्, ‘मेसिनहरु बिग्रिरहन्छन्, तर बनाउन हामीसँग पैसा हुँदैन ।’

२०५९ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० अन्तर्गत ल्याइएको वीरका निर्देशकले पाँच लाख रुपैयाँसम्मको मात्र सामान खरिद वा मर्मतको निर्णय गर्न सक्छन् । त्यसभन्दा बढीका लागि न्याम्सलाई लेखेर पठाउनुपर्छ ।

नाक, कान, घाँटी ९इएनटी० विभागको १० वर्ष पुरानो माइक्रोस्कोप बिग्रेको छ महिनाभन्दा बढी भयो । यतिका समय हारगुहार गरेपछि बल्ल नयाँ खरिद प्रक्रिया शुरु भएको विभागका प्रमुख डा। ढुण्डीराज पौडेल बताउछन् । सर्जरीको लागि सबभन्दा महत्वपूर्ण उपकरण माइक्रोस्कोप नहुँदा ६० प्रतिशत अप्रेशन रोकिएको उनले बताए ।

महत्वपूर्ण उपकरण थन्किए

युरो सर्जरी बिभागको बिग्रिएको लिथोट्रिप्टर यति पुरानो भइसकेको छ की त्यसलाई बनाएर पनि त्यति काम नदिने विभाग प्रमुख डा। श्रेष्ठ बताउँछन् । उनका अनुसार, नयाँ किन्न ३० देखि ३५ लाख रुपैयाँसम्म लाग्ने अनुमान छ ।

कुल नौवटा भेन्टिलेटर मेसिनमध्ये तीनवटा काम नलाग्ने अवस्थामा छन् । त्यस्तै, २४ वटा डाइलोसिस मेसिनमध्ये तीनवटा बिग्रिएका छन् ।

कार्डियो विभागको क्याथ ल्याब पनि बिग्रिएको छ । मुटुको अप्रेशनमा क्याथ ल्याबको महत्वपूर्ण भूमिका हुन्छ । ग्यास्ट्रोको इआरसीपी उपकरण पनि बिग्रिएको छ । आन्द्राको इन्डोस्कोपीमा यसको प्रयोग गरिन्छ ।

त्यस्तै, टिओरपी, जिआइ इन्डोस्कोप बिग्रिएको पनि लामो समय भएको छ । धन्न अर्को एउटा इन्डोस्कोप भएकाले जनतन काम भने चलिरहेको छ ।

विभागहरु थला पर्ने अवस्था

तीन वर्षअघि एक्लो डक्टर ९आशेस ढुंगाना०को भरमा सुरु भएको चेस्ट क्लिनिकमा डाक्टर र उपकरण दुवै थप्ने संकेतसम्म छैन । शुरु मै स्लिप ल्याब, आईसीयु र आईसीयुका बेडहरु मागे पनि अहिलेसम्म नपाएको डा। ढुंगानाले बताए । यो देशभरका अस्पतालको एक मात्र रेफरल विभाग हो, तर एउटा डाक्टर विदामा बस्दा विभाग नै बन्द हुने अवस्था छ ।

उता, वीरको दाँत विभागमा ३० वटा डेन्टल केयर बेड छन्, सबै दशक पुराना । विभागकी प्रमुख डा। शाइली प्रधान यी थोत्रा बेडहरु तत्काल परिवर्तन गर्नुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘बिरामीको चाप धान्न १० वटा जति थप्न पर्नेछ ।’

उनका अनुसार, दाँत विभागमा दैनिक ८० जनाको परीक्षण र पाँच(छवटा मेजर अप्रेशन हुने गरेको छ । अप्रेशनको लागि विरामीले तीन(चार महिना पालो कुर्नुपरेको अवस्था छ । डरम्याटोलोजी बिभाग प्रमुख डा। भास्करमोहन कायस्थ भने २२ वर्ष पुरानो एउटा मेसिनले मजाले काम दिइरहेको बताउँछन् । यति पुराना उपकरणहरुले चलेको वीर अस्पतालले तिनलाई मर्मत गर्ने बायो मेडिकल इन्जिनियर राखेको छैन ।

३५ करोड ऋण

सरकारले वीर अस्पताललाई आगामी आर्थिक वर्षको लागि १५ करोड बजेट विनियोजन गरेको छ । यो बजेटले अहिले बिग्रिएर थन्किएका उपकरणहरु मर्मत गर्न पनि नपुग्ने अस्पतालका निर्देशक डा। सेन्चुरी बताउँछन् । उनी भन्छन्, ‘मर्मत र नयाँ खरिदका गर्न त थप ५० करोड रुपैयाँ चाहिन्छ ।’

उनका अनुसार, वीरले उपकरण, रसायन, औषधिलगायतको ३५ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ । वीरमा मुख्य समस्या नै अपुग बजेट भएको उनले बताए ।

Leave a Reply