खलनायक २ बन्दै

0
20
roj rana

मल्टिस्टारर फिल्म ‘खलनायक’को सिक्वेल बन्ने घोषणा भएको छ । फिल्मका निर्माता रोज राणा फिल्मको सिक्वेल बनाउने तयारीमा जुटेका छन् ।

पछिल्लो समय हिट फिल्मको सिक्वेल बनाउने तर्फ फिल्मकर्मीको ध्यान आर्कषण भएको छ । त्यसैगरी डेढ दशक अगाडि प्रर्दशन भएको एक्सन फिल्म खलनायकको सिक्वेल बने भएको छ । खलनायकमा नायक राजेश हमाल, विराज भट्ट, निखिल उप्रती र नायिका झरना थापाको मुख्य भुमिका रहेको थियो । तर यसको सिक्वेलमा पुरानो कलाकार नदोहोरिने निर्माता राणाले जानकारी दिए । उनले भने, ‘यो फिल्ममा पुरानो कलाकारहरु दोहोरिदैनन् । अहिले चलेकै कलाकार हुन्छन । फिल्मका कलकारहरु पनि छिट्टै कास्ट गर्ने छौं । हामीले साउनको अन्तिमबाट फ्लोरमा जाने तयारी गरेका छौं ।’

खलनायकलाई ऋषि न्यौपानेले निर्देशन गरेका हुन् । यो फिल्मको सिक्वेललाई गोविन्द सिंह भण्डारीले निर्देशन गर्नेछन् । फिल्मको कथा मौनता श्रेष्ठले तयार गर्दैछिन् । द्धन्द्ध निर्देशन एनवी महर्जनकै रहनेछ ।

Leave a Reply