बेलायतमा २५ तारिखका दिन एनआरएन बहस कार्यक्रम आयोजना हुदै

0
19

काठमाडौं – बेलायतमा आगामी मे २५ तारिखका दिन एनआरएन बहस कार्यक्रम आयोजना हुने भएको छ । बेलायतबाट सञ्चालन हुने ‘ट्वान्टी फोर न्युज प्रेस डट कम’ नामक अनलाईनको पहिलो बार्षिकोत्सवको अवसरमा एनआरएनएन बहस कार्यक्रम आयोजना हुन लागेको हो ।

बहस कार्यक्रममा संसदमा विचाराधीन रहेको गैर आवासीय नेपाली नागरिकताकोे विषयलाई प्रमुख मुद्दा बनाइने बताइएको छ । गैर आवासीय नेपालीको अहिलेको जल्दोबल्दो मुद्दामा केन्द्रित भएर एनआरएन बहस आयोजना गरिन लागेको आयोजक संस्थाका अध्यक्ष तथा एनआरएनए बेलायतका उपमहासचिव विनय अधिकारीले बताए ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाप्रसाद सुवेदी, एनआरएनका पूर्वअध्यक्षहरु जीवा लामिछाने, शेष घले, अध्यक्ष भवन भट्ट, एनआरएनए नागरिकता कार्यदलका संयोजक रामप्रताप थापा, एनआरएन आइसीसीका उपाध्यक्ष कुमार पन्त र कुल आचार्यको सहभागिता रहने बताइएको छ ।

एनआरएन अभियन्ता तथा प्रमुख संरक्षक डमर घले, एनआरएन बेलायतका पूर्वअध्यक्ष योगेन क्षेत्री, संरक्षक सूर्य गुरुङ, अष्ट्रेलिया महावाणिज्यदूत दिपक खडका, एनआरएन यूरोप संयोजक शिवकुमार बरुवाल, एनआरएन अफ्रिकाका संयोजक सुनिल कार्की, एनआरएन बेलायतका अध्यक्ष योगकुमार फगामी लगायतको सहभागिता रहने अधिकारीले जानकारी दिए ।

Leave a Reply