रुशील अमात्य द्वारा निर्देशित नया म्युजिक भिडियो “पर बाट”

0
70

गोरेटो इन्टरटेनमेन्ट को ब्यानरमा रुशील अमात्य द्वारा निर्देशित नया म्युजिक भिडियो “पर बाट” गोरेटो इन्टरटेनमेन्टकै युटुब च्यानलबाट सार्बजनिक भएको छ । रुशील अमात्य विभिन्न नेपाली , नेवारी , चलचित्रको सह निर्देशनका साथै उत्कृष्ट म्युजिक भिडियो निर्देशन गर्दै आएका छन् । सन्जिब प्रधानको स्वर रहेको यस म्युजिक भिडियोमा स्व.सुनिल बर्देवा को संगीत संयोजन रहेको छ । बिगत केहि बर्ष देखि अमेरिकामा बस्दै आएका गायक सन्जिब प्रधान नेपाली संगीत जगतमा परिचित नाम हो । उनका धेरै गीतहरुले नेपाली संगीत बजारमा राम्रो चर्चा बटुलेका कारण यो गित पनि एउटा आशातिन गित रहेको निर्देशक रुशील अमात्यले शब्द नेपाललाई जानकारी गराए । “पर बाट” ब्रिक्ष्या सिलवालको पहिलो म्युजिक भिडियो हो भने उनलाई सबिन जमकट्टेल र सल्विक सुर्खेतिले साथ दिएका छन् । आशा गरौ उनिहरुको भबिष्य यस क्षेत्रमा सफल रहोस । बासु बरालको छायांकन रहेको यस भिडियोमा सम्पादन तथा रंग संयोजन मिन रावलको रहेको छ ।

Leave a Reply