बिना मगरका पूर्वपति शंकरबारे दर्दनाक खुलासा ! पत्नीबाटै ठूलो धोका पाएपछि …

0
28

काठमाडौं – भनिन्छ ‘दुःख र सुखको संगम हो जिन्दगी ।’ मान्छेका दुःख असीमित र भिन्नभिन्न हुन्छन् । अझ राजनीतिमा साइनो राख्नेहरू दुखै–दुःखको भूमरीमा रुमलिएका हुन्छन् ।

यस्तै मध्येका एक पात्र हुन् खानेपानी मन्त्री बिना मगरका पूर्वपति शंकर अधिकारी ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका रौतहट जिल्ला इन्चार्ज अधिकारी अहिले हिरासतमा छन् । उमेरले झण्डै चार दशक यात्रा गरिसक्दा उनी गम्भीर मुद्दामा हिरासतमा छन् । उनलाई प्रहरीले हतियार खरखजाना, राज्यविरुद्धको अपराध र विस्फोटक पदार्थको मुद्दा लगाउने तयारी गरेको छ ।

खानेपानी मन्त्री बिना मगरका पूर्वपति समेत हुन् शंकर । उनी शनिबार काभ्रेबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार बम, पेस्तोल र बम बनाउने सामग्री तथा विभिन्न राजनीतिक दस्तावेजसहित नेकपाका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित अन्य ८ जनासँगै उनी पक्राउ परेका हुन् ।

१७ वर्षे कलिलो उमेरका शंकरलाई प्रहरीले यसैगरी २० वर्षअघि ललितपुरको ठूलो दुलुङबाट पक्राउ गरेको थियो । पहिलो पटक पक्राउ पर्दा उनी तत्कालीन नेकपा माओवादीको सशस्त्र विद्रोहमा संलग्न थिए । अहिले विप्लव नेतृत्वको प्रतिबन्धित नेकपामा आवद्ध छन् ।
शंकरसँग के थिएन ?

बुबा नेपाली सेनाका रिटार्यड मेजर थिए । परिवारमा सुखको बहार थियो । परिवारमा अभाव कहिल्यै थिएन । तर शंकर माओवादी विद्रोहको पहिरोबाट टाढिन सकेनन् । हजारौं युवा जसरी उनी सशस्त्र विद्रोहमा समेल भए । त्यसपछि शंकरको जीवनले भयानक यात्रा तय गर्यो ।

धादिङमा जन्मिएका शंकरलाई बुवाको जागिरले सुर्खेत पुर्यायो । त्यहाँबाट उनले एसएलसी गरेका थिए । त्यसपछि काठमाडौं आएका उनी काठमाडौंमा माओवादीप्रति झुकाव राख्न थाले । त्यसबेला उनको सम्पर्कमा थिए शिव किरिङ ।

माओवादीलाई बुझ्ने र आन्दोलनमा समाहित हुने उद्देश्यले उनी ०५५ मा काभ्रे पुगे । नेत्रविक्रम चन्द नेतृत्वकै उपत्यका इन्चार्ज माइला लामासँग उनको त्यसबेला काभ्रेमा भेट भयो । उनी प्रभावित भइहाले ।

प्रभावित भएपछि उनी माओवादी आन्दोलनमा जोडिए । पार्टीका जनवर्गीय संगठनमा भन्दा पनि सिधै पार्टीकै काममा उनी त्यसपछि खटिन थाले ।

ललितपुर ठूलो दुलुङमा ०५५ सालमा उनी गिरफ्तारीमा परे । उनी पक्राउ पर्दा माओवादीविरुद्ध प्रहरीले देशका विभिन्न स्थानमा किलोशेरा टु नामक अप्रेशन चलाइरहेको थियो ।

पक्राउपछि त्यसबेला पनि अहिले जस्तै उनलाई हातहतियार तथा खरखजाना मुद्दा नै चलाइएको थियो । ८ वर्ष लामो त्यसबेलाको जेल जीवनका क्रममा उनी उपत्यकाका प्राय सबै जेलमा बसे । कहिले नख्खु कारागार त कहिले केन्द्रीय कारागार सेन्टल जेलमा ।

संकटकालका बेला उनलाई सुन्दरीजल जेलमा समेत लगियो। पछि उनी डिल्लीबजार सदरखोरमा थिए । जब माओवादी २०६२–०६३ को जनआन्दोलनपछि शान्ति प्रक्रियामा आयो, त्यसपछि मात्र उनी सदरखोरबाट रिहा भए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

जेलबाट बाहिर आएपछि उनी पुनः पार्टीको सक्रिय राजनीतिमा लागे । त्यही समयमा काठमाडौंका विभिन्न कार्यक्रममा पार्टीले आयोजना गर्ने कार्यक्रममा भेटिइन् अहिलेकी खानेपानीमन्त्री बिना मगर ।

बिना त्यो बेला माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला समितिकी अध्यक्ष थिइन् । शंकर भने पार्टीको राजनीतिमा थिए ।

उपत्यकाभित्र पार्टी र जनवर्गीय संगठनमा काम गर्ने क्रममा हुने भेटले शंकर र बिना नजिक भए । काम गर्ने क्रममै बिना र शंकरबीच प्रेम बस्यो । २०६८ सालमा उनीहरूले जनवादी विवाह गरे । तर त्यो विवाह लामो समय टिकेन ।

त्यसबेला माओवादी पार्टीभित्रको चर्को अन्तरसंर्घषका क्रममा बिना अध्यक्ष प्रचण्ड तिर र शंकर वरिष्ठ नेता मोहन वैद्य ‘किरण’तिर लागेका थिए ।

यो विवादले पार्टी विभाजन भयो । उनीहरू पनि अलग अलग पार्टीमा रहेर काम गरे । यसो हुँदा पनि दुईबीचको सम्बन्धमा ब्रेक लागेको थिएन । तर जब बिना प्रचण्डका छोरा प्रकाश दाहाल (स्वर्गीय) सँगसँगै सगरमाथा चढन जाने सोचमा पुगिन्, त्यसपछि भने दुईको सम्बन्धमा दरार पैदा भयो ।

अन्ततः उनीहरूको सम्बन्ध टुंगियो । बिनाले शंकरलाई छोडेर प्रकाश दाहाललाई रोजिन् । शंकरको जीवनमा आएको यो अर्को दुःख थियो । समय क्रममा वैद्य माओवादी पनि फुट्यो ।

शंकर विप्लवतिर लागे । संगठनको काम सँगै उनले जीवनयापनका लागि आफ्नै व्यवसाय गर्न थाले । केही समय मासु पसल चलाए । बालाजु लोकतान्त्रिक चोकमा उनले मासु पसल चलाउँदै पार्टी काम गर्थे ।

हेर्दा ह्यान्सी देखिने उनले बिनासँगको सम्बन्धमा ब्रेकपछि अर्को विवाह गर्न कहिल्यै सोचेनन् । उनी निरन्तर पार्टीको काममा लागिरहे । उनको कामको मूल्यांकन गर्दै पार्टीले उनलाई पछि रौतहट जिल्ला इन्चार्ज बनाएर पठायो । उनी काठमाडौंको मासु पसल छोडेर जिम्मेवारी निर्वाह गर्न पुगे ।

शुक्रबार मात्रै उपत्यका छिरेका उनी शनिबार फेरि काभ्रेबाट पक्राउ परे । अहिले उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा चलाउनका लागि प्रहरीले ८ दिनको म्याद थप गरेर अनुसन्धान गरिराखेको छ ।

विप्लव नेतृत्वको नेतालाई नियन्त्रणमा लिने क्रममा उनी पक्राउ परेका हुन् । यो पटक उनको जेल जीवन कति लामो हुन्छ, त्यो उनलाई नै पनि थाहा छैन । तर पनि उनी प्रहरीले ललितपुर अदालतमा म्याद थप गर्न ल्याउदा हाँस्दै आएका थिए ।

उनका पहिलो पटकका जेल पार्टनर अशोक खडका अहिले क्यानडामा छन् । उनले शंकरको जीवनको दुखै–दुःखलाई सामाजिक सन्जाल फेसबुकमा यसरी सम्झिएका छन् :-

‘बाउ आर्मीको मेजर थिए, उ १५ वर्षकै उमेरमा जनयुद्धमा लागेर ८ वर्ष जेल पर्यो , जेलबाट निस्केपछि हालकी बहालवाला खानेपानी मन्त्री बिना मगरसँगग बिहे गर्यो । तर विवाह लामो समय टिकेन । फेरि आज विप्लवी कार्यकर्ताको रुपमा लामो समय जेल बस्नुपर्ने हुन सक्ने गरी शंकर अधिकारी पक्राउ परेछ । मान्छेका दुःख कहिल्यै सकिन्न । पक्राउ परेका सबै नेता कार्यकर्तालाई राजनीतिक व्यवहार गरियोस् ।’

Leave a Reply