तानसेनको टुडिखेलमा हुने भनिएको श्रीमद भागवत तथा गणेस अनुश्ठान तेल्घामा हुने

0
56

नारायण न्यौपाने,पाल्पा–तानसेनको टुडिखेलमा फागुन १ देखि ११ गतेसम्म हुनि भनिएको श्रीमद भागवत तथा गणेस अनुश्ठान २०७५ को स्थान परिवर्तन गरिएको छ । टुडिखेलको स्तर उन्नती गर्न लागिएको र तानसेन नगर सरकारले त्याहा आयोजना गर्न नमिल्ने बताएपछी स्थान परिवर्तन गर्नु परेको मुल आयोजक समितीका सह संयोजक लोचन तिमल्सिनाले बताउनु भयो । ‘टुडिखेलमा कुनै पनि कार्यक्रम गर्न नपाइने भनेपछी कार्यक्रम हुने स्थान परिवर्तन गरेका छौ, कार्यक्रम हुने मिति परिवर्तन गरिएको छैन’, तिमल्सिनाले भन्नुभयो, ‘अब तानसेन १० तेल्घामा कार्यक्र गर्ने निर्णय गरेका छौँ ।’ कार्यक्रमको तयारी टुडिखेलमा गरिएकोले स्थान परिवर्तन हुदा तेल्घामा तिब्रताका साथ काम भैरहेको वाहाले जानकारी दिनु भयो ।

विस्व बिराट गणेशजी भगवानको मुर्ति स्थापना तथा मन्दिर निर्माण गरि पाल्पाको तानसेन १० तेल्घालाइ धार्मिक पर्यटकिय गन्तब्य बनाउने उद्दश्यले अनुश्ठान आयोजना गरिएको हो । अनुश्ठानमा विश्वबिख्यात कथावाचक बाल ब्यास इश्वर कृश्ण महाराजले दैनिक सँगितमय कथा पर्वचन गर्नु हुनेछ । दैनिक बर्तबन्ध तथा चौरासी पुजा, भजन किर्तन, गणेसमा ३ करोड तिलको लड्डु तथा दुवो अर्पण गर्ने कार्यक्रम छ । आयोजकले सबै धर्मानुरागी माहानुभावलाइ अनुश्ठानमा सहभागि हुन अनुरोध गरेको छ ।
अनुश्ठान समापन पछि तानसेनको टुकिखेलमा राखिएको गणेस भगवानको मुर्ति निर्माणाधिन धार्मिक पर्यटकिय स्थल तेल्घामा प्राण प्रतिस्ठा गरिने बताइएको छ ।
नगर प्रमुख अशोक कुमार शाहीले तेल्घालाइ धामकै रुपमा निर्माण गर्ने योजना रहेको बताउनु भएको छ । शाहीले भन्नु भयो, ‘हरेक ठाँउको एउटा महत्व हुन्छ त्यासको प्रचार गर्न जरुरी छ ,हाहिले भने हामिले तेल्घालाइ धार्मिक पर्यटकिय गन्तब्यको लागि राम्रो रोजाइ बनाउछौँ ।’

Leave a Reply