एक युवतीले किन कुटपिट गरिन आफ्नै मालिक लाइ

0
56

एजेन्सी –  क्यालिफोर्नियाकी एक युवतीले पर्याप्त केचअप नपाएको कम्पनीका साहुमाथि कुटपिट गरेकी छन्। ती युवतीले ई म्याकडोनल्ड कम्पनीका प्रबन्धकलाई कुटेको र उनको घाँटी थिचेको आरोपमा गत गत बुधबार प्रहरीले पक्राउ गरेको छ। ती युवतीले म्याकडोनल्डबाट खानेकुरा अर्डर गरेकी थिइन् जसमा पर्याप्त मात्रामा केचअप नपाएपछि रिसको झोंकमा प्रबन्धकमाथि हमला गरेको बताइन्छ ।

२४ वर्षे मायरा बेरेनिस गालो नामकी यी युवतीले गत अक्टोबर २७ तारिखमा ९कात्तिक १०० म्याकडोनल्डबाट ड्राइभ थ्रूमार्फत सान्ता एना शहरमा खानेकुरा अर्डर गरेकी थिइन् ।

सुरुमा कुटिन्, त्यसपछि घाँटी थिचिन्ः

पुलिसका एक प्रवक्ता एन्थनी बर्टागनाले रिसाएकी गालोले रेष्टुरेन्टको पछाडि पट्टी रहेको ढोकाबाट छिरेर म्यानेजरलाई सुरुमा कुटेको र घाँटी थिचेको एएफपीलाई बताए । बर्टागनाले भने, ‘उनी निकै रिसाएकी थिइन् किनभने उनले केचअप पाएकी थिइनन् ।’

उनका अनुसार महिलासँगै आएका एक पुरुषले उनलाई त्यहाँबाट जबर्जस्ती निकालेका हुन् । उक्त घटना क्यामरामा पनि कैद भएको छ । महिला त्यहाँबाट गएपछि केही मानिसहरुले पुलिसमा यसबारे उजुरी दर्ता गराए । पुलिसले क्यामराको फुटेजको आधारमा कारवाही सुरु गरिएको छ ।

 

Leave a Reply