किरण चौलागाई

पिता कृष्णप्रसाद शर्मा र माता देविमाया शर्मा को सुपुत्रको रुपमा भोजपुरको कोट गाविसमा २०५६ साल माघ १४ गते जन्मिएका किरण चौलागाई इटहरी – ५, पचरुखीमा स्थायी रुपमा बसोबास गर्दछन । गोठगाउँ, मोरङको गिरिजाप्रसाद कलेज अफ एगृकल्चर यान्ड रिसर्च सेन्टरमा बि.एस.इ. एगृकल्चार पढीरहेका चौलागाई नेपाली साहित्य पढ्न रुचाउनुका साथै साहित्यिक भेला र गोष्ठीमा सहभागी पनि हुने गर्दछन् । चौलागाई पछिल्लोपुस्ताको सम्भावना बोकेका कवी हुन् ।

उहाँसँग हामीले कविता, समकालीन नेपालि साहित्य जगत तथा  कवी/लेखकहरुको बारेमा कुराकानी गरेका थियौ ।

 

कविता कति लेख्ने र के भित्र रहेर लेख्ने भन्न थालियो भने कविता लेखिनै छाडिन्छ्न् । कविताको कुनै सिमाना हुँदैन ।

प्रस्तुत: छ उक्त कुराकानीको संक्षिप्त अंश:-

एक पक्ष भन्छन,” कवितामा मानवता हुनुपर्छ मानव जीवनकै परिवेश भित्र रहेर अध्धयन गरि लेखिनुपर्छ ।” फेरी अर्काथरी यो पनि भन्छन,” कविता भनेको विद्रोहात्मक हुनुपर्छ यसले समाज परिवर्तन गर्नैपर्छ  ।” तपाइँ के भन्नुहुन्छ ?

कविता कति लेख्ने र के भित्र रहेर लेख्ने भन्न थालियो भने कविता लेखिनै छाडिन्छ्न् । कविताको कुनै सिमाना हुँदैन ।

यहाँ मानव जिवन र विद्रोहको कुरा आएको छ । हामीले कविता लेख्दा कुनै पनि विषयलाई लिएर लेख्ने गर्छौ । त्यो विषय भनेको मानव जीवन भित्रको मानवता अथवा अन्य कुनै विषय हुन सक्छ । त्यसैले यस्ता विषयमा हजारौं कविता कोरिने गर्छन् तर विद्रोहि कविताको रुपमा दुईचार वटा कविता मात्र अट्ने गर्दछ्न ।

यसरी कुनै विषयमा लेखिएका कविता र त्यही कविता विद्रोहको रुपमा आएर समाज परिवर्तन गर्न सक्ने हेक्का राख्ने हुदा यी दुई पक्ष एकआपसमा घोलिएका छन् जस्तो मलाई लाग्छ ।

नेपाली साहित्य जगतमा बनेका, उठेका घरहरु(कथाहरु) उत्ति भेटिंदैनन् । बिग्रेका, भत्केका घरहरु मात्रै भेटिन्छ । काव्यको मुहान दु:ख नै हो ? कि दु:ख मात्रै हो ?  नेपाली काव्य विश्व स्तरमा नपुग्नुको कारण तपाईं के देख्नुहुन्छ ?

पहिलो कुरा त काव्यको मुहान के हो भन्ने कुरा कसैलाई थाहा छैन। कव्य भनेको एउटा अनिश्चित बाटोको खोज हो । यहि खोज गर्ने क्रममा नेपाली साहित्य हिड्दैछ र हिड्ने क्रममा कहिले लडिन्छ, कहिले भत्किन्छ । मैले भने अनुसार काव्यको बाटो अनिश्चित छ । त्यसैले यो अनिश्चित बाटोमा निरन्तर अनिश्चितताको खोज गर्दै जाने हो भने नेपाली साहित्य विश्व स्तरमा पुग्न धेरै समय लाग्दैन ।

एक पक्ष भन्छन, “सामाजिक जिवनको एउटा कमजोर र अव्यावहारिक मान्छे कवि हो !” अर्को पक्ष पनि छन, कवि एक अहमवादी मान्छे हो !” भन्दछन्  साच्चै कवि को हो ? तपाईं लामो समय देखि कविता लेखिरहनु भएको छ, कविको बारे तपाईंको आफ्नो कथन के छ ?

कुन पक्षले के भन्छन् भन्दापनी मेरो विचारमा कवि भनेको एउटा बसको खलासी जस्तै हो, जसले समाजका कुविचार, कुदृस्टी र अन्य सामाजिक विसंगतिक क्रियाकलापको विपक्षमा हरबखत ढोका ढक्ढकाई रहन्छ । तर यदि कविले खलासी हुन छाडेर आफै गाडी हाक्छु भन्ने हेक्का राख्न थाल्यो भने त्यो कवि, कवि नरहन सक्छ । कविले आफ्नो दायरा भने निर्धारण गरेकै राम्रो भन्छु म ।

 

प्रस्तुत छ उहाँको तीन कविता:-


 

साझ ढल्दै छ,

घाट बल्दै छ,

घाटसङ्गै जीवन र मृत्युको,

साथ जल्दै छ

साझ ढल्दै छ, घाट बल्दै छ “ किरण चौलागाई

 

यो समय घाट शुन्य छ,

म सुन्यतालाई बिथोल्दै,

एक खिल्ली मृत्यु,

मेरो ओठमा च्यापेर,

दागबत्ती दिन थाल्छु ।

 

घाटको एक कुनामा देख्छु,

जन्मदा जिन्दगी धितो,

राखेर जन्मेको एक मनुवा,

जिन्दगीलाई मृत्यु बन्धकि राखेर,

आफू परलोक रवाना हुदैछ ।

 

म देख्दै छु,

डरलाग्दो कालले,

मेरो ओठमा च्यापिएको मृत्युसङ्ग,

चिनजान गर्दैछ,

म सिगरेट तल खसाल्दै,

अर्को खिल्ली मृत्युलाई ओठमा च्यापेर,

फेरि दागबत्ती दिन थाल्छु ।

 

साझ ढल्दै छ,

घाट बल्दै छ,

घाटसङ्गै जीवन र मृत्युको,

साथ जल्दै छ,

“जिन्दगी भन्नू समयको बर्बादि मात्र रै’छ”,

म अन्तिम पफ धुवा उडाउदै,

घाटलाई गुड नाईट भन्छु

घाटभने अझै दुई थान मृत्यु बाल्न तयार बसेको छ ।

 


देख्दैछु,

कोहि हातमा छुरा बोकेर प्रेम रोप्न हिड्दै छन् ,

कोहि निधारमा नाम्लो बेरेर जीवन उमार्न हिड्दै छन् ,

कोहि शिसीमा विष बोकेर अमृत खुवाउन हिड्दै छन् 

दृश्यहरु”  किरण चौलागाई

म कहि बाच्न खोज्दै थिए,

आइपुगेको छु एउटा अनौठो देश,

देख्दैछु,

बलात्कृत नारीका भड्की रहेका आत्माहरु,

देश बिउझाउन परदेशीएका निदरी र सपनीहरु,

कात्रो ओढेर निधाईरहेका राज्य र नितिहरु,

 

म कहि लुक्नु खोज्दै थिए,

आइपुगेको छु एउटा उजाड मैदान,

देख्दैछु,

कोहि हातमा छुरा बोकेर प्रेम रोप्न हिड्दै छन् ,

कोहि निधारमा नाम्लो बेरेर जीवन उमार्न हिड्दै छन् ,

कोहि शिसीमा विष बोकेर अमृत खुवाउन हिड्दै छन् ,

 

म कहि हराउन खोज्दै थिए,

आइपुगेको छु एउटा अज्ञात शहर,

देख्दैछु,

कोहि रिसको राको बाल्दै गरेका राके भुत जस्ता छन् ,

कोहि जीवनलाई मृत्युसम्म पुर्याउन बाचिदिएका मलामी जस्ता छन् ,

कोहि आगनमा ढोल पिट्दै मसान खेलाई रहेका पिसाच जस्ता छन् ,

 

ओहो !

न बाच्नु नै पर्ने,

न लुक्नु नै पर्ने,

न हराउनु नै पर्ने,

कस्तो शान्त र शुन्य ठाउँ हो यो ?

 

चियर्स मृत्यु ,

बल्ल म मेरो गन्तव्यमा आइपुगे,

म आर्यघाट आइपुगे ।।

 


सम्झने गर्दछ्न उनी

उनको भातको कुड्की तरकारीको रसले न भिज्दा

खाडिमा रहेको उनको साउको आशुले मुछिने गरेको,

उनी बिरामी पर्दा साउको काध एम्बुलेन्स बनेको ।

“साउ कि ब्याज ?” किरण चौलागाई

 

मेरी हजुरामाले भन्ने गर्नुहुन्थ्यो,

“साउको भन्दा ब्याजको” माया बढी हुन्छ भनेर,

तर आज तल्ला घरे माईला’बा को,

घाटिले रुखो खोकी, खोकी रहदा,

किन उसको ब्याज,

मन तातो पानी बनेर थर्मसमा अडिन चाहादैन?

 

माईला’बा,

घाम ताप्न भनी आगनम निस्किन्छु भन्दा,

किन उसको ब्याज ,

घगरुको लौरो बनेर साहरा दिन खोज्दैन?

 

माइला बा सोच्ने गर्दछ्न,

उनले गाउमा चिना हेरि ल्याएको रुपैयाले

किनेको मिस्री र टेस्टी बिस्कुटका पाना

कतै उसका ब्याजलाई अपुग त भएन?

 

उनले नासलाई नस्ट पार्न  खुवाउदा तितो

भएको बिखम्बाको रिस

आज ब्याजले तितिदै पोखेको त हैन ?

 

आज माईला बा

उनको चाउरी परेको गालाबाट

बगेको आशुले डुब्नु भन्दा

तीन वर्ष अगाडि

उनलाई छोडेर गएको साउको यादमा

डुब्ने गर्छन् ।।

 

सम्झने गर्दछ्न उनी

उनको भातको कुड्की तरकारीको रसले न भिज्दा

खाडिमा रहेको उनको साउको आशुले मुछिने गरेको,

उनी बिरामी पर्दा साउको काध एम्बुलेन्स बनेको ।।

 

अनि म चाही माथिल्लो घरबाट

माइला बा को मनसम्म आवाज पुग्ने गरि

मेरै मन बाट भन्ने गर्छु

“साउले नै सधैका लागि बिदा भएपछि ,

ब्याज चाहि काहाबाट फर्केला र ?

 

मेरी हजुरामाले भन्ने गर्नुहुन्थ्यो,

“साउको भन्दा ब्याजको” माया बढी हुन्छ भनेर …”

किरण चौलागाईं

 

 

Leave a Reply