बिक्रम शिशिरका तीन गजल

0
87
छिन्चु १ गेरूवानी सुर्खेतमा वि.सं २०३१ फागुन ५ आमा भविसरा चन्द तथा बुबा केशर बहादुर चन्दको छोरा हुनुहुन्छ बिक्रम शिशिर (Bikram Sishir)। उहाँको बास्तविक नाम राज बिक्रम चन्द हो ।

शिशिर हाल कोहलपुर १२ चप्परगौडी बाँकेमा अटो इलेक्ट्रिक पार्टस् ब्यबसाय तथा बस ट्रक रंग रोगन, (भुवनेश्वरी इलेक्ट्रिक एण्ड  कलर फम) संचालन गरिरहनु भएको छ । शिशिरको  श्रीमती सहित तिन छोरा को परिवार छ ।
           आबद्धता           
  • कार्य समिति सदस्य –  हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँके कोहलपुर
  • कला विभाग संयोजक- हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँके कोहलपुर
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युएई आजिवन सदस्य
  • उपाध्यक्ष-कोहलपुर अटो एसोसियसन बाँके कोहलपुर  हुनुहुन्छ । 
पुरस्कार तथा सम्मान 
  • नेपाली कला साधक सम्मान, हाम्रो मझेरी साहित्य प्रतिष्ठान भरतपुर चितवन २०७३।
  • युवा साहित्यकार सम्मान ,कोहलपुर टाईम्स साप्ताहिक २०७४।
  • खसान कला साधक, खसान साहित्य समाज कर्णाली प्रदेश २०७५।
  • प्रोफोमेन्स आर्ट कार्यशाला तथा प्रतियोगिता पोखरा-बेष्ट अवार्ड ।
  • एन एस नेसनल आर्ट याप एग्जिवेसन पोखरा- प्रथम  ।

भ्रमन 

भारत, कुवेत, इराक, साउदीअरब, युएई, कतार, बहराइन, ओमान् 

नेपाली साहित्य तथा चित्रकला क्षेत्रमा विशेष रुची राख्ने बिक्रम शिशिरको नेपालि गजल क्षेत्रमा प्रस्ट अनुहार भेट्न सकिन्छ ।


सैद्धान्तिक संरचनाको आधारमा प्राथमिक काल देखि नै दोष मुक्त रहन नसकेको गजललाई आधुनिक कालको सुरूवातमा भने केही हदसम्म सैद्धान्तिक स्खलन बाट बचाउने प्रयास तत्कालीन गजलकारहरूले गरेको पाईन्छ

प्रस्तुत गर्दछौ उहाँसँग गरिएको कुराकानीको अंश:- 

  • अध्ययनको सिलसिलामा भारतको वनारस गएका बेला भारतीय गजलकारहरू संगको उठबस पछी गजल बाट प्रभावित भएर मोतिराम भट्ट (वि.स.१९२३ -१९५३)ले नेपाली माटोमा भिञ्याएको मानिने नेपाली गजलको भविष्यलाई यहाँका गजलले कुन भविष्य तिर दिशानिर्देश गरिरहेको छ ? तपाईंको आफ्नो गजलको मौलिकता के हो ?
  •  
  •  – नेपाली गजल नेपाली समाज र साहित्यको परिपूरक हो । यसलाई विभिन्न कालखण्डमा गजलकारहरूले परिस्कृत गर्दै गजललाई यो रूप दिएका छन् ।सुरूका चरणमा यसलाई जे जस्ता आक्षेप लगायता पनि यसले आफ्नो अस्तित्वको स्थान उच्च बनाउदै आयको छ र भबिष्यमा अझै परिस्कृत हुने कुरा मा दुई मत छैन । म पनि गजल मन पराउने र गजल लेख्ने बिद्यार्थी हु सामान्यतया मेरा गजलहरू समसामयिक र सामाजिक कुरिती बिरूद्धका आभास बोल्दछन्।

 

  • आजभन्दा 160/165 वर्ष अगि मुगलकालिन भारतका शायर आजम गालिबले “म अहिले जे लेख्न खोजिरहेको छु, त्यो लेख्न सक्तिँन । भविष्यका गजलकारहरुले लेख्नेछन, र समाजले पनि त्यसलाई ग्रहण गर्नेछ ।”, भनेका थिए । यस अभिव्यक्तीको आसय मुलत: के भने के नेपाली समकालीन गजलकारहरुले के त्यसो गरिरहेका छन त? अनि नेपाली समाजले पनि समकालीन गजल(साहित्य)लाई सहजै ग्रहण गरिरहेको छ त ? 

 

खासगरी मलाई सामाजिक बिषय बस्तुलाई उजागर गर्ने खालका गजल मन पर्छ ।जो माटो बोलेको होस् जहा राष्ट्र भाव होस् जनजिबिकोको खुल्दुली होस् ।

नेपाली गजल नेपाली साहित्यको निधि हो । यसका लागि बिभिन्न कालखण्डमा तत्कालिन गजलकारहरूले सो भनाईको पुष्टि गर्दै आएको पाइन्छ ।जस्तै प्राथमिक काल बि . स . १९४०/१९९९ यतिबेला जे जति गजल लेखिए ति सबै गजल खासगरी भक्ति र सृङगार भावमा लेखिएको पाइन्छ, ऊर्दु फारसी बहरमा केन्द्रित रहेर लेखिएको पाइन्छ, ति गजलहरू गेय गुणले सम्पन्न देखिन्छन् ।

माध्यमिक काल बि. स. २०००/२०३५ मोतिराम भट्ट हुदै भीमनिधि तिवारी, उपेन्द्र बहादुर जिगरको समय सम्म आईपुग्दा चार दशकको हाराहारी सम्म सुषुप्त अबस्थामा रहेको पाईन्छ, पुर्नजागगरण काल बि. स. २०३५/०४९ यस काल बाट नया चेतना नया सिल्प सहित नया युगमा प्रवेश गरेको देखिन्छ । पुर्नजागरण कालदेखि नै बिषयगत भिन्नता अंगाल्दै सामाजिक बिकृति र बिसंगतिका बिरुद्ध राम्रो संग प्रस्तुत भएको छ ।

आधुनिक काल बि. स. २०५० सालदेखि यताका समयमा बिषेश गरी भक्ति र सृङगारिक भन्दा पनि देश प्रेमका गजलहरू लेखिए भने, यस समका गजलमा राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कुरिती, कु संस्कार, तथा समसामयिक आस्थाको राम्रो संग चित्रण भएको पाईन्छ, सैद्धान्तिक संरचनाको आधारमा प्राथमिक काल देखि नै दोष मुक्त रहन नसकेको गजललाई आधुनिक कालको सुरूवातमा भने केही हदसम्म सैद्धान्तिक स्खलन बाट बचाउने प्रयास तत्कालीन गजलकारहरूले गरेको पाईन्छ र नेपाली समाजले पनि यो अबस्था सम्म आइपुग्दा नेपाली गजललाई सहजै ग्रहण गरेको पाईन्छ ।

  • तपाईंले पढ्ने र तपाईंलाई मनपर्ने गजलकार को को हुन र किन ? नेपाली गजल क्षेत्र कसरी अन्य (भारतिय, पाकिस्तानी या अरबी ) गजल क्षेत्र भन्दा भिन्न पाउनुहुन्छ ? नेपाली गजल नेपालको परिचयक बन्न सकेको छ त ?

– मलाई मन पर्ने गजलकारहरु धेरै हुनुहुन्छ, सबैको आ-आफ्नै बिषेशता छ र हुनुपर्छ । खासगरी मलाई सामाजिक बिषय बस्तुलाई उजागर गर्ने खालका गजल मन पर्छ ।जो माटो बोलेको होस् जहा राष्ट्र भाव होस् जनजिबिकोको खुल्दुली होस् ।त्यसैले मनु ब्राजाकी, कृष्ण हरि बराल,ज्ञानुवाकर पौडेल, रवि प्राञ्जल,बुद राना टिकाराम उदाशि र पछिल्लो समयमा कपिल अन्जान, धनकुटे कान्छा, बिरबल बलिन्द्र कोईराला, महानन्द ढकाल, भावना पाठक, अमला अधिकारी, पुष्प अधिकार अञ्जली लगायतका गजलकारहरु पनि मन पर्दछन् ।यो मानेमा अन्य गजलकारहरू मन न पर्ने भन्ने होइन अझ महेन्द्र चन्द महासागर ,हुकुम धड्कन, खगेन्द्र अटल ,लक्ष्मण संगम, विमर्श कडेल, रसिक राज संगिता थापा, जस्ता गजलकारका गजलले नेपाली गजल साहित्य नेपाल को परिचयक बन् सकेको छ ।

धन्यवाद

चिसो चुल्हो पनि तातो होला कुनै दिन त हाम्रो।
बग्न छोड्ला खुनको खोला कुन दिन त हाम्रो।


प्रस्तुत छन् उहाँका तीन गजल:-

रगतको तालमा आहाल पस्यो मेरो खुकुरी।
छानि छानि बैरी माथि खस्यो मेरो खुकुरी।

पिउने  पानी  खाने  अनाज अभाव बिर्सेर 
भोकै प्यासै पनि कम्मर कस्यो मेरो खुकुरी।

युद्ध  भुमी जित्दा  खेरी घाईते शरिर लाई
ढाल बनि सिमानामा  बस्यो  मेरो खुकुरी।

जति  शक्ति आय पनि  धुलो  चटायर
संसार जित्ने ईतिहास  रच्यो मेरो खुकुरी।

 

ग्यास डिजेल पेट्रोलको भाउ आकाशियो।
ढाड भाचेर गरिबको  साउ आकासियो।।

गुण्डा  पाखण्डी कति छन् कालो बजारी
खुराफात  नेताहरुको  दाउ  आकासियो।

चेलिबेटी  बेचबिखन  मानव तस्करको  
अन्य अत्याचारीको  बचाउ आकासियो।

गरी  साध्य छैन  कुरा काम चोरहरुको
हेर, मित्थ्या सासकको नाउ आकासियो।

 

चिसो चुल्हो पनि तातो होला कुनै दिन त हाम्रो। 
बग्न  छोड्ला  खुनको खोला कुन दिन त हाम्रो। 

पहाड  रूदा  आशु  पुछ्न  तराई  लागि  परी  
पुर्व पश्चिम साथ साथै रोला कुनै दिन त हाम्रो। 

समय यक नास नरहला  सत्य अपनाउनु पर्छ 
फेरिनेछ  दुखी  चोला  कुनै  दिन  त हाम्रो।। 

नखाउ  हरेस  जिवन  संग  डटि लड्नु  पर्छ  
किन नभरियला खाली झोला कुनै दिन त हाम्रो।

Bikram Sishir

Leave a Reply