ठाकुर चुरे

आमा मैया विष्ट र बुवा रामहरि विष्टको कान्छो छोराको रुपमा दामन- ६ किटेनी मकवानपुर जन्मिनु भएको हो संजय देव विष्ट (ठाकुर चुरे )। उहाँ हाल: जुगार, रोल्पा त्रिवेणी गाउँ कार्यपालिकाको कार्यालयमा सरकारी जागिरे हुनु हुन्छ। साथै उहाँ आभा for creativity सस्थापक सदस्य हुनुहुन्छ ।

उहाँसंग हामीले समकालीन नेपाली साहित्यको वरिपरी रहेर केहि कुरा गरेका छौँ ! प्रस्तुत: छ उहाँसँग गरिएको संक्षिप्त कुराकानी :-

युगौ युगसम्म बाच्ने कबिताले समाज, यथार्थ, काल्पनिकता र कला एकमुस्ट बोकेकै हुनुपर्दछ ।

• कविता के हो ? 

  • कविता समाज, समय र परिस्थिति अनुसार फरक पर्न सक्छ । जसरि फ्रान्सको क्रान्तिमा साहित्यको ठुलो योगदान छ । नेपालमा कृष्ण सेन ‘इच्छुक’को योगदान अतुलनीय छ । परिवर्तन इतिहासकोमात्र हैन तर समाजका हरेक तह, तप्कामा पनि बौधिक चेतना, जागरणका हिसाबले कबिता महत्वपूर्ण हुन्छ । कबिता साहित्यको फाटमा विशिष्ट श्रेणीमा पर्ने विधा हो । कबिताबाट नै गजल, उपन्यास, नाटक तथा अन्य सृजनात्मक विधाहरु जोडिएका हुन्छन ।

कविता समाज , समय र परिस्थिति अनुसार फरक पर्न सक्छ . जसरि फ्रान्सको क्रान्तिमा साहित्यको ठुलो योगदान छ . नेपालमा कृष्ण सेन ‘इच्छुक’को योगदान अतुलनीय छ ।

• कवि प्रथमतः द्रष्टा हो त्यसपछी स्रष्टा हो । खजमजिएको युगको नक्शालाई सच्चाउनु कविको दायित्व हो । समकालीन कविहरुको एउटै आवाज विशेषत बोलिरहन्छन, “कवितामा समाज र समय लेखिनुपर्छ ।” त्यसो भै‘रहेको छ ? तपाईं त्यसो गरिरहनु भएको छ त ?

  • कविता एउटा दर्शन हो । दर्शन यस अर्थमा कि यसले हर सजीव निर्जीव प्राकृतिक उपजहरुको अस्तित्व,उपस्थिति दर्शाउछ । यो कुनै जाति, कला, भौगोलिकता विशेष पनि पक्कै हुदैन । कविताहरु बौधिक कोमलता, जीवन सापेक्षता या यथार्थ बोध जुनसुकै धरातलका हुन सक्दछन। त्यही अनुरुप म कबिता लेखिरहेछु। .

• भनिन्छ नि हरेक तेश्रो व्यक्ती कवि हो । र, हरेक दोश्रो व्यक्तिमा कविता बुझ्ने क्षमता छ । यसै कारणले गर्दा होला त् नेपाली साहित्य यति साह्रो होहल्लायुक्त र कोलाहलमय भएको ? अनि फेरी गुट उपगुट पनि खुबै छ भनिन्छ नि ! गुट उपगुट बनाएर चर्चा बटुली रहेकाहरूलाई तपाईं के भन्न चाहनुहुन्छ?

  • कविता आफैमा एउटा गहन विषय हो/ यसको निश्चित दायरा हुन्छ । एउटा फ्रेममा रहेर शिर्षकको उचित न्याय हुन सक्यो भने कबिता युगिन बन्छ । तसर्थ युगौ युगसम्म बाच्ने कबिताले समाज, यथार्थ, काल्पनिकता र कला एकमुस्ट बोकेकै हुनुपर्दछ । गुटउपगुट त निरन्तर चलिरहन्छ । तर एउटा युगिन कबिताले कविलाई विना गुट बर्षौसम्म, जीवित तुल्याउछ . उधाहरणमा लक्ष्मी प्रसाद देवकोटा, भूपी सेरचन, हरिभक्त कटवाल आदि आदि युगलाई प्रतिनिधित्व गर्ने हस्तीहरु हुन् ।

गुनासो गरिरहन्छन्

१. समथरहरु।

 २. फुलहरु।


प्रस्तुत: छ उहाँको तीन कविता:

 

नेपथ्यबाट   ठाकुर चुरे 

पाइलैपिच्छे खाडलहरु छन् ।
काडाहरु छ्न।

खाडलहरु पुर्दा पुर्दै
काडाहरु भाच्दा भाच्दै
जिन्दगी क्षितिजमा पुगिसकेछ,
थाहै भएन।

अनि लेखिदिए
एक थान खाडलहरु पंक्ति बनाएर
काडाहरुलाइ सजाइदिए कोरा कागजमा
गजलका शेर बनाएर।

त्यसैले,
गुनासो गरिरहन्छन्
१. समथरहरु।
२. फुलहरु।

 

 सम्बन्ध  ठाकुर चुरे 

तिमिले बिर्सियौ होला,
हामीले केही बर्षहरु अगाडि हाम्रो प्रेमको बिमा गरेका थियौ।

जिम्मेवारी ??

जिम्मेवारी, 
तिमिले त अङाल्नै जनिनौ।
प्रेमको शव सनाखत नभएर होला, 
बर्शौदेखि आजसम्म, त्यसैको किस्ता तिरिरहेछु।

 

भोगाइ  ठाकुर चुरे 

मान्छेको जिन्दगी त्रिभुज जस्तै बन्न सक्छ।
चतुर्भुज बन्न सक्छ।
पन्चभुज षट्कोण बन्नसक्छ। 
सप्तभुज। अस्ट्भुज।

जति जती मानिस कोण बढाउन या घटाउन खोज्दछ
सपनाहरु कैद हुन्छन् ।
बन्द कारागार भित्र।
बन्द बृत अनि पोलिगन भित्र।

रेखा जस्तो जिन्दगी बिरलै मानिसहरुको हुन्छ।

Sanjaya Dev Bista (ठाकुर चुरे)

Leave a Reply