अब प्रदेश सरकारले सञ्चालन गर्ने एसइई

0
65

काठमाडौँ, ५ पुस- मुलुक सङ्घीय संरचनामा गइसकेपछि पहिलो पटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको छ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक विष्णुप्रसाद अधिकारीले दिनु भएको जानकारीका आनुसार  यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा–१० को परीक्षा सञ्चालन प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले गर्ने भएको छ ।

“हामीले यहाँबाट प्रश्नपत्र मात्र पठाउँछौँ”, नियन्त्रक विष्णुप्रसाद अधिकारीले भन्नुभयो, “उत्तरपुस्तिकाको छपाइदेखि परीक्षा केन्द्र तोक्ने, केन्द्राध्यक्ष तोक्ने जस्ता काम प्रदेश सरकारले गर्ने छ ।” उहाले भन्नु भयो ।

नियन्त्रण कार्यालयले गत वर्षको तोकिएको परीक्षा केन्द्र नबढाइ तोक्न निर्देशन दिइएको छ । यसअघि नियन्त्रण कार्यालयले परीक्षा सञ्चालन गर्ने गर्दथ्यो । प्रदेश सरकारले सञ्चालन गरेको उत्तरपुस्तिका भने नियन्त्रण कार्यालयमा आउने र समपरीक्षण तथा नतिजा प्रकाशन गर्ने छ ।

यस वर्षको एसइई परीक्षा चैत १० गतेबाट हुँदैछ । उहाँका अनुसार परीक्षामा करीब चार लाख ८० हजार विद्यार्थी सहभागी हुँदैछन् ।

(रासस)

Leave a Reply