अमेरिकी सोयाबिन खरिद गर्दै चीन

0
63

बेइजिङ – व्यापार विवाद सुल्झाउने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी जिनपिङबीच डिसेम्बर १ मा भएको सम्झौता भएसँगै चीनको राज्य–नियन्त्रित कम्पनीले अमेरिकी भटमास (सोयाबिन) पुनः खरिद गर्न थालेको बताएको छ ।

यसै महिना अमेरिकासँग ९० दिने व्यापारिक युद्धविराम भएको हो ।यो सँगै चीनले अमेरिकी सोयाबिन खरिद गर्न थालेको हो ।

डिसेम्बर १ मा भएको सम्झौता प्रति सकारात्मक सङ्केत गर्ने उद्देश्यले चीनले अमेरिकी सोयाबिन खरिद गर्न थालेको विश्लेषकहरुले बताउ छन् ।

“दुबै नेताबीच भएको सहमतिको कार्यान्वयनका लागि हाम्रो कम्पनीले अमेरिकाबाट केही सोयाबिन खरिद गर्न थालिएको हो,” चाइना ग्रेन रिजर्भ करपोरेसन अर्थात साइनोग्रेनले बुधबार प्रकाशन गरेको वक्तव्यमा उल्लेख छ ।

ट्रम्प र सीले ब्युनस आयर्समा सम्पन्न जी–२० शिखर बैठकका क्रममा दुबै मुलुकबीच उत्पन्न व्यापारिक तनाब कम गर्न ९० दिने युद्धविराम गरेका थिए । (रासस/एएफपी)

Leave a Reply