नेपालका राष्ट्रपति, प्रधानमन्त्री मात्रै होइन, मन्त्रीलगायतका भीआईपीहरुको रवाफ हेरी नसक्नुको हुन्छ । आफूले सुबिधाको भोगचलन गरेपछि जनता माथि के गुज्रिरहेको छ मतलब गर्दैनन्। साइरन सहित सडक जाम बनाउदै हुइकिदा सर्वसाधारणहरु भने सवारी पर्खन र जाममा फस्न बाध्य छन्। भड्किलो जीवनशैली र काम कम, कुरा धेरै गर्न बानि भएका नेपालका यी भीआईपीहरु आफनै कारणले सर्वसाधारण/जनताका नजरमा सधै आलोचित र अलोकप्रिय बनिरहेका छन्।

तर युरोप अमेरिकाको भिआइपीहरुको कुरै अर्कै छ। बिना सुरक्षा कर्मी एक्लै सार्बजनिक स्थानमा पुगेर जनता संग कुरा गर्ने, साक्षात्कार गर्ने, साइकलमा अफिस पुग्ने, आफ्नो गल्ति हुँदा सानो कर्मचारीसँग समेत माफी माग्ने र भुइँ सफा सम्म गरेको हामीले देखि सकेका छौ।

यस्तैमा संसारकै शक्तिशालि रास्ट्र अमेरिकाको भूपू रास्ट्रपतिहरु समेत सरल जीवन बाच्ने गरेका छन् । राजनीतिलाई उत्तरदायी र सेवा सम्झने उनीहरु साना ठानिने काम समेत सजिलै गर्दछन्।

हाम्रा भूपू भीआइपीहरु जहाँ सुबिधा भोग्न मात्र ब्यस्त हुन्छन तेही अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा अस्पताल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेको बिषय निकै मार्मिक छ।

सान्ता क्लजको ड्रेसमा सजिएका ओबामाले सबैलाई आश्चर्य बनाउदै बिरामी बालबालिकाहरुलाई उपहार बाडेर तस्वीरसमेत खिचाए । ओबामाको यो फोटो अहिले सामाजिक सञ्जालहरुमा निकै भाइरल भईरहेको छ ।

Leave a Reply