इपिएल फाईनलमा – भैरहवा र ललितपुर

0
66

 

काठमाडौँ, ५ पुस –  कीर्तिपुर स्थित त्रिवि मैदानमा जारी इपिएलमा भैरहवा ग्लाडियटर्सले सानदार जित हात पारेको छ  । जित संगै भैरहवा प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।काठमाडौँ किङस इलाभेनलाई ६ विकेटले पराजित गर्दै भैरहवा ग्लाडियटर्स एभरेस्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा काठमाडौँले दिएको १०१ रनको विजय लक्ष्यलाई भैरहवाले १७ ओभरमा मात्र चार विकेट गुमाएर भेट्टायो । रायन टेन डोसकाटेले सर्वाधिक ४५ रनको योगदानमा भैरवाले उक्त जित हासिल गरेको हो  । साथसाथै  रबी इन्द्रर सिंहले ३१, रोहितकुमार पौडेल 9 तथा कप्तान शरद भेषावकरले अविजित ६ रनको योगदान गरेका  थिए । काठमाडौँका संसद् शेखले दुई विकेट लिए भने प्रदीप साहुले एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय रनको योगफल बनाउन सकेको  थियो ।

काठमाडौँका लागि सन्दीप रजालीले सर्वाधिक २७ रन जोडे भने प्रदीप साहुले २५ तथा अमित श्रेष्ठले १३ रन जोड्नुबाहेक अन्य कुनै खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । काठमाडौँलाई एक सय रनमा समेट्ने क्रममा भैरहवाका कुशल मल्लले तीन विकेट लिएका थिए भने मोहमद नाभिदले दुई विकेट ।

यो जीतसँगै भैरहवाको यही पुस ७ गते शनिबार हुने फाइनल खेलमा ललितपुर प्याट्रियट्ससँग प्रतिस्पर्धा तय भएको छ  । (रासस)

Leave a Reply