राजु झल्लु प्रसाद

पिता रेवती रमण भट्ट र माता देवकी भट्टको जेठो छोरोका रुपमा २०५४ साल कार्तिक ०३ गते भारतको नयाँदिल्लीमा जन्मिएका राजु झल्लु प्रसाद स्थायी रुपमा धादिङमा बसोबास गर्ने गर्दछन् । अध्ध्यनको शिलशिलामा काठमाडौं छिरेका झल्लु प्रसाद हाल रानीवन, काठमाडौंमा अस्थायीरुपमा बसोबास गर्दै आइरहेका छन् ।

प्रस्तुत छ उहाँको कथा – “द गेस्ट अफ द गेस्ट हाउस”


“The Guest Of The Guest House”

भाइ एक्लै बस्ने हो ?
हजुर ।
नागरिकता, लाइसेन्स,… ?
नागरिकता छ ।
एड्भान्स कति छोड्नुहुन्छ ?
५ सय ।
खाना ?
पर्दैन ।

काम नसिकिएला एकदमै थाकेको छु । दिमाग र शरीर दुवै गलेका छन् । मलाई बस् सुत्नु छ । Satyriasis को खत्रा सम्म हुन सक्छ । दिमाग र शरिर दुवै कमजोर भैदिदा यस किसिमको रोगले च्याप्न सक्छ । यसैले यो रात खानै नखाइ सुत्ने निर्णयमा पुगेको छु ।

म रुम नं ३०२ को साचो हल्लाउदै सिढी उक्लिन्छु ।

घर्याक्क……कुईईईईइइइ……ढ्याक्क ।

भित्रबाट कस्तोकस्तो गन्ध आउँछ । चिनेको गन्ध तर ठम्याउन सकिरको छैन् । मन केइ बेग्लै भए भए झै लाग्छ ।

४ औं स्विच पछिको ५ औं स्विच फ्याट दबाउदा रुम उज्यालो हुन्छ ।त्यसपछीको अर्को स्विच खट्याक्क पार्छु, फेन घुम्न थाल्छ । फेरि खट्काइदिन्छु, फेन रोकिदै जान्छ । र, अनन्त: रोकिन्छ ।

यो जाडोमा फेनको हावा भन्दा झोलाको बियर घुट्काउनु राम्रो हुन्छ, म सोच्दै थे ।

खुकुलो लुगालाई अलि उतै सम्म धकेलेका उस्का स्तन । डम्डम्ती भरिएको कसिलो जिउँ । बैंसको गुलाफी गन्ध । ….उफ्फ, कति कामुक केटि !

ढ्याक…. ढ्याक । ….
हजुर ?
खाना सर ।
मैले भनेको छैन् ।
ओहो सरि सर !
सुन्नुस् त ?
हजुर !
एउटा एस्ट्रे, एउटा मिनरल वाटर र थोरै नुन ल्याइदिनुहुन्छ ?
हवस् सर । (वैटर जान्छे ।)

खुकुलो लुगालाई अलि उतै सम्म धकेलेका उस्का स्तन । डम्डम्ती भरिएको कसिलो जिउँ । बैंसको गुलाफी गन्ध । ….उफ्फ, कति कामुक केटि !

उ जाने बित्तिकै म झोलाबाट स्याउ निकाल्छु, र कोपर्न थाल्छु । कोपर्नु अगि खुबै सुम्सुमाउछु । स्याउ मलाई उस्को स्तन जस्तै लाग्छ । म चलाउछु, माड्छु, थिच्छु, कोपर्छु ।
म बहुलाउछु ।

दुइटा खाँट, दुइटा सिरक, दुइटा तकिया, दुइटा झ्याल, दुइटा ट्युबलाइट, …र सिङ्गो म । सरसर्ति कोठा हेरिभ्याउछु, अनि आफुलाई क्वारक्वार्ति हेर्छु ।

झोलाबाट बियर निकाल्छु । स्याउ के ले काट्यौ? डट्पेन छिराउछु । छिराइरहन्छु….
जथाभावी छिराउछु । छिराइरहन्छु…..

एक टुक्रो खाट बाट उछिट्टिएर भुइँमा लड्छ, ढोका नेरै पुग्छ । त्यो टुक्रो टिप्न उता लम्किन्छु, ढोकामा ढकढक् सुनिन्छ । ।

उ गै’सकिछे । जान्छु पनि नभनी गैइ ।
आउछु नभनी आउनेहरु भन्दा जान्छु नभनी जानेहरु रिस उठ्दा हुन्छन् ।

सर । ( कति सुरिलो आवाज)
हजुर !
ऐस्ट्रे, पानी र नुन ।
(म उस्को आखैमा हराउछु । त्यै आँखामा बसिरहु, तिनैलाई हेरिरहु जस्तो हुन्छ )
सर, हजुरको अर्डर । (म आफ्नो अर्डर समाउँछु ।)

उ ढोकामा उभ्भिरन्छे । बन्द फेन हेरिरहन्छे । सायद टिप्सको लागि अड्कि कि । या, …. !  हैन हैन, उ राम्री छे । कामुक छे । तर यौनचाहना….?
त्यो त ममा पो छ त । उसमा पनि हुनुपर्छ भन्ने छ र ?
– छैन, आफै भन्छु ।
छ कि ? , आफै सोध्छु ।
कुन्नी ?, आफै भन्छु ।

सर, फेन बन्द गर्नुहोला है । (कान पवित्र हुन्छन, उस्का आवाजले ।)
हँ ? बन्द नै त थियो । अगि भर्खरै त बन्द गर्या हु । फेन तिर हेर्छु, बन्द नै त छ । के भन्छे यो केटि …?

उ गै’सकिछे । जान्छु पनि नभनी गैइ ।
आउछु नभनी आउनेहरु भन्दा जान्छु नभनी जानेहरु रिस उठ्दा हुन्छन् ।

उ गैइ । हँ? …किन गैइ ?
उ आउनलाई गैइ कि जानलाई गैइ ?

उ गएपछि फेन हेर्छु । बन्द फेनलाई बन्द गर्नुस् किन भनी ?
अत:फेन अन-अफ गरिरहन्छु । कुन्नी त्यो स्विच मलाई उस्को कुनै चाहिँ अङ्ग जस्तो लागिरहन्छ । …. म बारबार दबाइरहन्छु।….थिचिरहन्छु ।


रात र म दुवै चुप छौं । पिइरहेको बियर रित्तिने वाला छ ।
मलाई कि एकपल्ट उस्को आँखामा डुब्नुछ, नत्र अझ बियरको नशामा पौडिनु छ ।

सिग्रेट च्याप्दै ढोका लगाउछु । तल रिसेप्सन जान खोज्दै थे – थप बियर लिग्न ।

सर, लाइटर !, उ एकाएक मेरो साम्मुख देखिन्छे । (कसरी आइ ? किन आइ ?)
तिमी ?…
हजुर म ।, उ मेरो धेरै नै नजिक आउछे । उसको बैँसको बासना हरहर्ति लिन्छु । म भरी भरी हुन्छु ।

उसका ठुलोठूलो आखांमा कहिकतै पनि सङ्कोच छच्ल्किएका छैनन् । उसका लालि बिहिन ओठबाट आइरहेछन- सास फेराइको काव्यिक हरफहरु ।
र, उठ्दै बस्दै गरेका छातीको गोलाइमा भेटिरहेछु- कहालीलाग्दो मखमलि लयात्मक धुन ।

सर….लाइटर…, उ भन्छे ।
आगो लगाउन तिम्रै रन्थनिएको यौवन काफी छ,…।, म उस्को नाम थाहै नभएकाले बिचैमा रोकिन्छु ।
बेठगानीहरु बेनामी हुन्छन् सर । जुनसुकै नामले मलाई बोलाउन सक्नुहुन्छ ।
बेनामीहरुको एउटा खासियत, यिनिहरुले धेरै नाम पाएका हुन्छन् । ती मध्य कुनै एक नाम भन, जो म तिम्लाई बोलाउन प्रयोग गरु ।
हाहा…
तिमि खुब मीठो हास्छौ । यी हासिरहेको तिम्रो ओठमा मेरो ओठ जोडेयौ भने तिम्लाई लाग्दैन हामी कहिल्यै मर्देनौ ?
(उ मौन रहन्छे । )
चुप छौ, मतलब म के बुझु ? स्विकारुक्ती कि..?
उ मेरो ओठमा लपक्कै टास्छे आफ्नो ओठ ।

म रास्ट्रसंघ जस्तै अन्योलग्रस्त हुन्छु । कत्रो युद्द चलिरहेछ मेरो मनमा, के उ जान्दछे ?

…….
….
उसको ओठ चुसिरहदा म सोचिरहेथे, She must be a dark- night murdered. म मरिरहेथे । उ जबजब मेरो जिब्रोसग खेल्थी, मेरो जिब्रो चुस्थी…मलाई लागिरहेथ्यो- म फुल हु, फुलिरहेछु । उ भमरा । उ चुसिरहिछे ।

भमराले चुसिरहँदा फुललाई,फुलले किन पो सोच्दो हो म ओइलाउछु भोलि । झर्छु..पर्सि । ..र,सकिन्छु ?
….
…….

मलाई मेरो अस्तित्वको उपस्थिति याद थिएन । पक्कै उसले पनि भुलेकी हुनुपर्छ, उसको उपस्थितिको अस्तित्व ।
हामी अस्तित्वबिहिन भएका थियौ। विचारविहिन बनेका थियौ ।

केइ थियो- जो हराएको थियो ।
केइ थियो- जो भेटिएको थियो ।
केइ थियो त्यहाँ – जो कहि थिएन ।
केइ थिएन त्यहाँ – जो थियो त्यहिँ ।

 

मेरो चुरोट निभिसकेछ । – म उसबाट अलिक दुरि बनाएर भन्छु ।
तपाईं आगो खानुहुन्छ कि धुवाँ ?
मतलब ? म चुरोट खान्छु । आगो ? धुवाँ ? यसको के अर्थ ?
मैले आगो पनि खाएको छु । धुवाँ पनि खाएको छु ।
र, चुरोट ?
म चुरोट खादिन सर । पिउदिन पनि….।
अनि उ फेरि जोडले हास्छे ।

तिम्ले हास्ने रोग छ ?
मतलब ?
The disease of laughing ?
उ फेरि हास्छे ।
उसको हासिरहेको ओठ म बन्द गरिदिन्छु । तेतिखेर म सुन्न सक्थे, उसको सासको पदचाप । जो मेरो हृदयमा हिडिरहेथे- बाटो बिर्सेको बटुवा जसरी ।

मलाई मेरो अस्तित्वको उपस्थिति याद थिएन । पक्कै उसले पनि भुलेकी हुनुपर्छ, उसको उपस्थितिको अस्तित्व ।
हामी अस्तित्वबिहिन भएका थियौ। विचारविहिन बनेका थियौ ।

केइ थियो- जो हराएको थियो ।
केइ थियो- जो भेटिएको थियो ।
केइ थियो त्यहाँ – जो कहि थिएन ।
केइ थिएन त्यहाँ – जो थियो त्यहिँ ।


उ तल झर्न चाहन्छे । म रोक्छु ।
कसैलाई प्रेम गरेकी छौ ? या कसैसँग सम्भोग ?
मलाई धेरैले भोग गरेका छन् ।
भोग कि सम्भोग ?
सम्भोग के हुन्छ, कस्तो हुन्छ, म जान्दिन । मलाई धेरैले भोगेका छन । मैले धेरैलाई झेलेको छु ।
म मौन…उसलाई सुनिरहन्छु । उ भन्न के चाहन्छे ?

‘मलाई थाहा छ सर, पुरुषको मानसिकताको गन्ध, शरिरको ताप, दिमागको प्रकृति’….उफ्फ़ !…, कति दुखी छे यो केटि ! म उस्को विगत आंशिक अड्कल गर्न सक्छु । अनुमान लगाउन सक्छु..हिजो र आज कस्तो छ उस्को ।

‘…सम्भोग मैले गरेकि छैन । सम्भोग त दुई शरिरको आवश्यकता, रहर अनुरुप गरिन्छ । होइन र ? म प्रेम/ सम्भोग केइ पनि जान्दिन ।’
तिमी बेश्या हौ ?, म यो प्रश्न सोध्न बाध्य भए ।
‘तपाईं अगि सोध्दै हुनुहुन्थ्यो नि के नामले बोलाउ । मलाई धेरैले यै नामले बोलाउछन् । तपाईं पनि बोलाउनुस् ।’.., कति नमिठो बोल्छे ऊ ।

म अकमकाउछु ।
‘नअकमकाउनुस् सर । म बेश्या हु । मलाई थाहा छ भोको पेट कत्ती गनाँउछ । त्यै गन्ध मेट्न म पुरुषको शरीर आफ्नो शरिरमा चलमलाउन दिन्छु । मेरो स्तनमा नङ्रा गाढ्छन, दारी दल्मलाउछन् । र, मेरो भोको…पेट, आफ्नै शरीर बेचेर अघाँउछ सधै ।’

चमेलीलाई बनेली बनेको सुहाउदैँन..,म भन्छु ।
म उस्को आखाँमा हेर्छु । चुम्छु ।
उ भन्छे- ‘यहि एउटा अङ्ग बाकी थियो- चोखो रहेको । त्यो पनि तपाईंले बिटुलाईदिनुभयो ।’


म सडक पर.., कतै रोइरहेको बिरालोको आवाज सुन्छु । रुख्खाइदो आवाज, …. टोलाइरहन्छु ।

सर, गाजलु ओठ नशालु हुन्छन् । गाजल पुछ्नुहोला आफ्नो ओठको ।
उ मलाई चुमेर लुसुक्क तल झर्छे । उसलाई रोक्दिन ।

घडि हेर्छु । घडी मलाई उसको आँखा जस्तो लाग्छ । बाटुलो आँखा । म घडिलाई खुब चुम्छु । चुमिरहन्छु । आफ्नै नाडिको घडी..मलाई उस्को बाटुलो आँखा जस्तै लाग्छ ।

रुम भित्र छिर्छु । सुन्तला बाकि रहेछन् । उसको ओठ झै लाग्छ- सुन्तलाको हरएक केस्रा । म उस्कै ओठ मानेर चुसिदिन्छु । र, सक्काइदिन्छु-१० वटा सुन्तला । ६५ वटा केस्रा – एकै छिनमा ।

अहँ, मेरो तिर्खा अझै मेटिन्न । सुन्तलाको बोक्रा चपाउँछु । सुन्तलाको बोक्रा पनि म उस्को कुनै अङ्ग ठानेर चपाइरहेको हुन्छु ।

म उसलाई खान चाहन्छु । पुरैको पुरै निल्न चाहन्छु । अघाउने चाह छ म मा – उसलाई खाएर ।

म भित्र यत्ती यौनचाहना किन ?
म ठिकै त थिए- यो रुममा पस्नु अगाडि ?
मलाई भोलिको यात्राको तयारी गर्नुछ । म आज दिउसोको गल्तिहरु, थकानहरु केलाउन सक्थे ।
उसलाई देख्नेबित्तिकै मैले किन बिर्सिए मैले आज राती सुत्नुपर्नेछ । बचेका केइ कामहरु सकाउनुपर्नेछ ।

लुगा लगाउनुस सर । म तपाईंलाई कपडामै देख्न चाहन्छु । मैले देखेको सब्बै नाङ्गो थिए । कपडाविहिन थिए ।
उनिहरुको आँखा  र तपाईंको आँखामा मैले फरक पाए । तपाईं लुगा लगाउनुस । म तपाईंलाई कपडामै देख्न चाहन्छु ।’ उ सिधा मेरो आखामा मात्रै हेरेर यो सब बोल्छे ।

उफ्फ..यौनप्यास… यति धेरै ?
ममा यत्रो यौन तिर्खा कहाँ देखि आयो ?
के ऊ कुनै मायावी केटि हो ?


ढोकामा कसैले हानिरहेछ । बजाइरहेछ ।  म नाङ्गै भैइ तकिया चेपेर पल्टिरहेको छु ।

बजिरहेको ढोका बाहिर उहीँ त हैन ? मलाई लागिरहेछ- उहीँ हुनुपर्छ ।

ढोका खोल्छु । मेरो नाङ्गो शरीर देखेर उ किन तर्सिन्न ? किन डराउन्न ? हडबडिन्न किन ?

‘सर, आँखामा जस्तो नग्नता अन्त कहि भेटिन्छ र ? हामिले कहिल्यै आँखा ढाकेयौ र ? तपाईंले अगि मेरो नाङ्गो आखालाई चुम्नुभयो ।
लुगा लगाउनुस सर । म तपाईंलाई कपडामै देख्न चाहन्छु । मैले देखेको सब्बै नाङ्गो थिए । कपडाविहिन थिए ।
उनिहरुको आँखा  र तपाईंको आँखामा मैले फरक पाए । तपाईं लुगा लगाउनुस । म तपाईंलाई कपडामै देख्न चाहन्छु ।’ उ सिधा मेरो आखामा मात्रै हेरेर यो सब बोल्छे ।

उसले थप बियर लेराइदिएकी रहिछे ।  ४/५ वटा बियर बोकेर आइछे । स्न्याक्स अर्को बेडमा राख्छे । मैले पिइरहेको सिग्रेट थुत्छे ।
र, चपाउछे ।
मलाई बीभत्स लाग्छ । गरिराछे के यो केटि…??

म लुगा लगाउदै सोध्छु,”तिमी कहिले देखि काम गर्छौ- यो गेस्ट हाउसमा ?”
‘म भोलि देखि गर्दिन ।’
मैले सोधेको यो थिइन ।
‘मलाई यहि भन्नुथियो ।’

वियर खान सघाउछौ मलाई ?
हुन्छ ।… ऊ मेरो तिघ्रामा हात राख्दै भन्छे ।
म हात हटाउछु ।… ऊ फेरि राख्छे ।

मलाई सम्भोग गर्न मन छ । हामी सम्भोग गर्न सक्छौ ?
तिम्ले भन्न सक्छौ फेरि, मैले तिम्लाई भोगे ।
अहँ, म कहिल्यै भन्ने छैन- तपाईंले मलाई भोग्नुभयो ।
के भन्नेछौ ?
मैले तपाईंलाई भोगे ।
मतलब ? भोग्नु रेप हो । बलात्कार हो ।
रेप नै सहि । म चाहन्छु कि तपाईं मलाई भोग्नुस । तपाईं पनि पक्कै चाहनुहुन्छ, म तपाईंलाई भोगु । हामी दुवै एकअर्कालाई भोग्न चाहन्छौ । यो रेप कसरी हुन्छ ?

म अर्को सिग्रेट सल्काउन खोज्छु । (असमनन्जसमा परेको बेला चुरोट सल्काउनु राम्रो विकल्प हो ।)

उ मेरो सब्बै लुगा उतार्छे ।
तपाईं त जिप नभएको लुगा पो लगाउनुहुदो रहेछ, ऊ उत्ताउलोपना देखांउछे ।
म उसको लुगा उतारीदिन्छु । कति टाइट ब्रा लगाएकी ?..ऊ बोल्दिन ।

म बत्ती मार्छु । उ बत्ती खोलिदिन्छे ।


दाम्लो छिनाएर फुकेको राँगो जस्तो पो हुनुहुदो रहेछ ।
किन ?
म सुकेको हागो । “तपाईंलाई बाध्नै नसक्ने भए ।” यौनकृडाकै क्रममा उ सजिलै सँग अलिक अप्ठ्यारो कुरा गरिदिन्छे ।
…म केइ बोल्दिन । उसको स्तन कोपर्छु । उसलाई हरसम्भव तरिकाले भोग्छु । चुम्छु..कोपर्छु.. ।

पुरुषहरु यस्तो बेला किन राक्षस हुन्छन् ?, उ मलाई पल्लो पट्टि धकेल्दै सोध्छे ।
पुरुष बिनाश हुन, महिला प्रकृति । यो हामी दुवैको जन्मसिद्द स्वभाव हो ।

मैले तपाईंको काव्यिक कुरा बुझिन ।
मैले बुझाउन जरुरत ठानिन ।
उसको शरिरलाई अनुकूल पार्दै भने, “नगरे तात्छ, गरे सेलाउछ । शरीर- शरीर बिचको बिनाश । यो यौनकृडा…अचम्मै..बरै ।
उ दुख्ने गरि हिर्काउछे…।

म आज धेरै चोटि मरे । ..म भन्छु ।
धेरैचोटि मर्ने काँतर हो । एकचोटी मर्ने बहादुर हुन ।..उसको बाङ्गो कुरा मैले सहजै बुझे ।
भनेसी मैले मेरो बहादुरीपना देखाउनु पर्यो ?
तपाईंको मर्जी…। यत्ती भनेर उ आफुलाई मेरो अगाँलोमा स्वतन्त्र छोडिदिन्छे ।

हामी एकअर्काको धड्कनमा मौन कविता कोर्छौ । एकअर्काको धड्कनको साउती सुन्छौ ।
हाम्रो शरीरमा गर्मी बढिरहन्छ । तातीरहन्छ । बसालेको चिया मानौँ उम्लिरहेछ ।
– A cup of tea is boiling…

हामी एकअर्काको अगाँलोमा हराउछौ ।
She wraped herself arround me in every possible way.
हाम्रो अगाँलोमा हामी अगाँलिरहन्छौ रात भर…

….योनिबाहिर झरेका विर्य…
बहादुरहरुको घटनास्थलमै मृत्यु ….

उफ्फ । यो केटि ।… भन्न पनि केके भन्छे ।

४/५ वटा बियरको बोत्तल लडेको आवाज सुन्छु । स्न्याक्सको प्लेटहरु लात्ताले हानेर् फुटाई… ।
अनन्न्त..उ फेरि मलाई झम्टिन्छे । म आफुलाई स्वतन्त्र छाडिदिन्छु ।

हामी एकअर्काको धड्कनमा मौन कविता कोर्छौ । एकअर्काको धड्कनको साउती सुन्छौ ।
हाम्रो शरीरमा गर्मी बढिरहन्छ । तातीरहन्छ । बसालेको चिया मानौँ उम्लिरहेछ ।
– A cup of tea is boiling…


ढ्याक..ढ्याक…।
ढोकाले अर्लाम बजायो । म उठे ।

ढोका खोल्छु ।
‘मर्निङ सर । खाना नास्ता केइ ?’, एउटा उन्यु जस्तो केटो मेरो अगाडि देखिन्छ ?

म घडी हेर्छु । ९ बजिसकेछ । फर्किएर ओछ्यानतिर नजर फ्याक्छु ।
चमेली खोइ उन्यु ??..म सोध्छु ।
हजुर सर…?
ऊ खोइ ?
को ऊ सर..?

बिचरो..बबुरो छ – १०/१२ वर्षको । बताएन नि बुझ्दैन ।
को ऊ भन्नू भयो सर ?
कफि ?
कफि मात्रै ?
अँ सुगर फृ ।
हुन्छ सर ।

उन्यु गएपछी म चमेलीलाई खोज्छु । उ देखिन्न… ।
यै होटलमा काम गर्ने बताउथी । काममा होलि ।

वासरुमको केइ मिनेटको बास पछि फ्रेस हुन्छु । रुममा आएर सिग्रेट सल्काउछु ।

सरसर्ती रुम हेर्छु । एकदमै सफ्फा लाग्छ । पल्लो खाटको तन्ना कतै खुम्चिएका छैनन् । अझ त अझ…हिजो राती चमेलीसँग पिएको वियरका बोत्तल पनि छैनन् । यस्तो लाग्छ..यहाँ हिजो राती केइ भएकै छैन् ।
पल्लो कुनामा एउटा रित्तिएको बोत्तल लडिरहेको छ । यो त हिजो मैले नै यो गेस्ट हाउस पस्नु अगावै बाहिरको लिक्वेयर सप् बाट लेराएको हु । चमेलीले लाइदेको बियरका बोत्तल कहाँ गए ? स्न्याक्सको प्लेटहरु..जो हिजो राती फुटेका थिए ..ती खोइ ? कन्डमका खोस्टाहरु पनि छैनन् डस्बिनमा । सुत्नु अगि यहि त फ्यालेको थिए ।

सफ्फा गरिछे कि चमेलीले बिहान उठेर ? पक्कै गरि..। नत्र त कहाँ यस्तो थियो र यो रुम नं ३०२ ?
फेरि उसले यि सुन्तलाको बोक्रा..स्याउको बचेका टुक्रा..चुरोटका ऐस्ट्रेहरु किन सफ्फा गरिन ? मैले बाहिरबाट लेराएको हुँदा रिसाएर पो हो कि ?

यो सोच्दासोच्दै हातको सिग्रेट एक सर्को तानेर निभिसकेछ ।

खुरुक्क सामन प्याक गर्छु । र, सुरुक्क तल झर्छु । त्यो उन्युले कफि लेराएर राखिदिन्छ । चिनी नहाल् भनेको हालेछ । रिसाउन मन थ्यो रिसाइन ।

रिसाउन मन भन्दा पनि मलाई चमेलीलाई देख्न मन लागिरहेछ । हिजो रातको उज्यालोमा उ बिछट्टै प्वाँट देखिएकी थिइ । अहिले दिनको उज्यालोमा झन कस्ति देखँदो हो ?

भाइ ।
हजुर.. !, स्वर पनि उन्यु जस्तै रुखो रहेछ, उन्युको । बन फुल जस्तो मुला ।
चमेली खैइ ? कहि बाहिर गा’छे ?
को चमेली सर ? अगि पनि तपाईंले यहि नाम लिनु भाथ्यो । , उ सहजै उत्तर दिन्छ ।
यहाँ काम गर्ने दिदी क्या । खै कहाँ छिन ?
हजुर..। को भन्नू भो रे ? उसको अबुझ पना देखेर रिस उठ्छ ।
हिजो राती मलाई वियर लेराइदिने दिदी क्या । यहाँ काम गर्ने दिदी ? खै कहाँ जानुभयो ?
यहाँ कोइ पनि काम गर्दैन सर । साहु साउनी र म मात्रै हो ।, उ लाइटर टेबलमा बजाएर कतै लाग्छ । रिसायो झ्याक्ने…।

रिसेप्सनमा साहुनी देखापर्छिन । सिधै गएर त्यो केटि खै त कसरी भन्नू ? बाङ्गो सँग बिल कति भयो सोध्छु ।
रुम चार्ज ५०० हो बाबू । त्यो तपाईंले हिजै दिइसक्नु भयो । यो तपाईंले पिइरहेको कफिको ५० रुप्पे । त्यो दिन सक्नु हुन्छ ।

म ट्वां पर्छु । भै’रहेच के म बुझ्नै सक्दिन् ।
हडबडाउदै सोध्छु..चमेली खै ?
को चमेली ?
तपाईं यहाँ काम गर्ने केटि ।
ओइ भक्ते याँ आँ त ।…मुला उन्यु लुइलुई आउँछ । डेरो आखाँले मलाई हेर्छ ।
यसको नाउ भक्ते हो । यै मात्रै हो यहाँ काम गर्ने । बाबुले यस्को बारे सोध्नु भएको ?

साहुनीको कुरा सुनेर टाउको रन्थनिन्छ । मस्तिष्क घात जस्तो केइ भएर आउँछ ।
I have a series of low Concussions. Each minutes is more gray then the one before.
हातको कफि कप झर्छ ।
झड्याम्म..गरेर बज्छ ।

के भयो बाबू तपाईं ठिक हुनुहुन्छ ? साउनीले आत्तिएर सोध्छिन । आँखा तरिरहने भक्तेको आखाँमा दयाभाव छच्ल्किन्छ ।

‘म…म…मसँग हिजो राती को थियो ?’ मेरो स्वर कामेको म महसुस गर्न सक्छु ।
हजुर ..? हजुर त एक्लै सुत्नु भएको होइन र ? मैले त सोधेकै हो ..एक्लै भनेर । हैन र बाबू.?

हो त, रजिस्ट्रेसनमा फाइलमा पनि एक्लै लेखेर साइन गरेको रहेछु ।
हैन..कोइ अरु पनि थियो..थिइ । जो मसँग रातैभरि थिइ ।
के नचाहिदो कुरा गर्नुभएको ?
चुप लाग्नुस…। गेस्टसँग मजाक गर्न तपाईंलाई लाज लाग्दैन ?
तपाईं हाम्रो गेस्टहाउसको गेस्ट हुनुहुन्छ । गेस्ट पाहुना हुन् बाबू । हामी किन मजाक गर्ने ?
उसो भए म मजाक गरिराछु त ?
दाइ….पानी पिउनुस । भक्ते पानी थमाउँछ मलाई ।

बाबुलाई ऐठन परे जस्तो छ । हेर्नुस न केके भनिरहनु भाछ ?, साउ तिर नजर फ्याक्दै साहुनी बोल्छिन् ।
म ५० को नोट फ्याकेर त्यो गेस्ट हाउस छोड्छु ।

गेस्ट हाउसबाट बाहिर निस्किएपछी मात्रै एउटै कुरा दिमागमा चलिरहेछ, त्यो गेस्ट हाउसको गेस्ट को थियो ??…

© राजु झल्लु प्रसाद

 

Leave a Reply