पुरुषबारे १२ रोचक तथ्य

0
60

पुरुषहरु त्यति धेरै रोएको देखिदैन , यस्तो हुनुमा उनीहरुलाई हुर्काउने परिवार र समाजले प्रमुख भूमिका खेलेको हुन्छ  । भन्न त धेरैले सजिलै भनिदिन्छन्, “मर्दलाई सानो तिनो कुराले छुँदैन”  “छोरा भएर रुनु हुदैन ” तर, के साँच्चै यो कुरा सही हो त ?

आज हामी पुरुषहरुको जीवनशैली र स्वास्थ्यसँग जोडिएका यस्तै धेरै तथ्यहरुको बारेमा बताउने छौ , जुन थाहा पाएर तपाईं पनि अचम्मित हुनुहुनेछ ।

पुरुषबारे १२  रोचक तथ्यहरु

  पुरुषको जिब्रोमा महिलाको तुलनामा कम  टेस्ट बड्स हुन्छन् । यसले गर्द पुरुषहरु महिलाले जति धेरै स्वाद पहिचान गर्न सक्दिनन्  ।

  पुरुषको हड्डी महिलाको तुलनामा गरुङ्गो  हुन्छ । त्यसको बनावट पनि तुलनात्मक रुपमा ठुलो  हुन्छ ।

  एक अध्ययनका अनुसार कुनै पनि काम गर्नको लागि पुरुषले आफ्नो मष्तिस्कको आधा भाग मात्रै प्रयोग गर्छन् तर, महिलाहरुले भने एकैपटक पुरा मस्तिस्कको प्रयोग गर्न सक्छन् ।पुरुषहरु भन्दा  महिलाहरु एकैसाथ धेरै काम गर्न सक्छन  ।

   पुरुषहरु घरमा बसेर मदिरा पिउनु भन्दा बाहिर घुमफिर गर्न  मन पराउछ्न् ।

  पुरुषहरुको कुल उमेरको छ  महिना दारी काट्ने क्रममा सकिन्छ ।

  पुरुषहरु महिलाहरु भन्दा धेरै कम बोल्छन् ।अध्ययनका अनुसार एक महिलाले दिनभरमा करीब ७ हजार शब्द बोल्छन् भने पुरुषले जम्मा २ हजार शब्द बोल्छन् ।

  परस्त्रीहरुलाई एक टकले हेर्नमा नै  एक सामान्य पुरुषले आफ्नो जिबनकालको  एक वर्ष सकाउछ ।

  पुरुषहरुले महिलाहरुले भन्दा धेरै झुटो बोल्छन् । एक महिलाले दिनमा  औसत ३ झुट बोल्छन् भने एक पुरुषले दिनमा औसत ६ झुट सम्म  बोल्छन् ।

   ब्रेकअपपछि पुरुष धेरै दिनसम्म डिप्रेसन र तनावमा रहन्छन् तर, महिलाहरु सम्बन्धमा दरार आएपछि छिटै त्यसलाई बिर्सेर अगाडि बढ्छन् ।

१०  पुरुषको आँखाको ज्योती महिलाको तुलनामा कम्जोर  हुन्छ ।  पुरुषहरु महिलाको तुलनामा राति कम स्पष्ट देख्छन्।

११  संसार भरि नै पुरुषको औसत आयु महिलाहरुको औसत आयु भन्दा कम हुन्छ । पुरुषको औसत आयु ६४.५२ वर्ष हुन्छ भने महिलाहरुको औसत आयु ६८.७६ वर्ष हुन्छ ।

१२  सामान्यतया सबै  पुरुषको मष्तिस्कको आकार महिलाहरुको मष्तिस्क तुलनामा ठूलो हुने गर्द छ  । पुरुषहरुको मस्तिस्कको आकार  महिलाहरुको भन्दा १० प्रतिशतले ठूलो हुन्छ ।

Leave a Reply