काठमाडौं – चर्चित गायक शिव परियारले नेपाली फिल्म ‘प्रसाद’बारे कडा टिप्पणी गरेका छन् । निसन्तानको जोडीको कथालाई लिएर निर्माण गरिएको ‘प्रसाद’ले समीक्षकबाट वाहवाही पाइरहेका बेला गायक परियारको टिप्पणी सामाजिक सञ्जाल फेसबुकमा आएको हो ।
पत्रकार सुशील पौडेलको कथा र दिनेश राउतको निर्देशन रहेको ‘प्रसाद’ले दलितमाथि जातीय विभेद गरेको र बलात्कार जस्तो जघन्य सामाजिक अपराधलाई मलजल गरेको भन्दै केही आजाव उठिरहेका बेला नेपाली गीतसंगीतका चर्चित व्यक्तित्व गायक परियारले समेत फिल्म ‘प्रसाद’लाई अंगिकार गर्न नसकेको बताएका छन् ।
गायक परियारले बुधबार आफ्नो फेसबुक एकाउन्टमा फिल्म ‘प्रसाद’बारे एक अनलाइनले गरेको टिप्पणीलाई शेयर गर्दै लेखेका छन्, ‘आफूलाई बाबुराम परियार बनाएर चलचित्र प्रसाद हेर्दा !’  उनले अगाडि लेखेका छन्, ‘मलाई असाध्यै मनपर्ने कलाकार, निर्देशक, लेखक छन् यो चलचित्रमा १ आ–आफ्नो धार्मिक आस्था अनुरुप भगवानप्रति राखिने आस्था, गरिने पुजा अनि भगवानको पुजा सम्पन्न भएपछि ग्रहण गरिने ‘प्रसाद’ जुन आत्माबाट स्वीकार गरेर ‘प्रसाद’ भनेर ग्रहण गरिन्छ । हो, त्यस्तो पवित्र चिजलाई बलात्कारजस्तो जघन्य अपराधको परिणामलाई एउटा कथित तल्लो जातको पात्र खडा गरेर ‘प्रसाद’मानेर स्वीकार गर्न लगाइएको छ ! अनि सम्बाद सुन्नुस न सम्बाद ओह माई गड १ हिजोको दिनमा जातमा बेथितिमा पारिएकाहरुलाई आज पुनः अगाडी बढ्न हैन कि तिमीहरु त्यहि हौ है भनेर महशुस गर्न लगाइएको छ १ बलात्कार गर्नेलाई ठुलो जात बनाइएको छ अनि अनि बलात्कारको परिणाम चाहिँ फिल्म भोली कुनै ठुलो सामाजिक बिद्रोह नाअओस भनेर सानो जातको पात्र खडा गरेर स्वीकार गर्ने कथा बुनिएको छ १ सुशील बाबु फिल्म समीक्षा गर्ने पत्रकार भएकै कारण सबैले कत्तै नभाको चलचित्र भनेछन्’ तर ब्यक्तिगत रुपमा के ती समीक्षक आफुलाई बाबूराम परियारको रुपमा स्वीकार गर्न सक्छन रु हाम्रो समाजमा जातीयबिभेद पनि छ रे ल तर चलचित्र प्रसादले जुन परिणामलाई प्रसाद भनेर ब्याख्या गर्दैछ यो चलचित्र देखाइए जस्तो नारी, प्रसाद र प्रसाद ग्रहण गर्न लगाइएको बर्ग सबैको घोर अपमानको रुपमा मैले यो चलचित्रलाई इतिहासमा सम्झने छु ! चलचित्रको सबैभन्दा गज्जब कुरा भनेकै ‘सोच’ हो, यो सोचलाई स्वीकार्न सकिन !’
गायक परियारले अन्त्यमा लेखेका छन्, ‘सामाजिक समबेदनासँगै खेल्ने हो भने यो चलचित्रले भनेको ‘प्रसाद’ लौ न त सबैले एक पटक आफूलाई बाबुराम परियार बनाएर प्रसाद स्विकार्नुस, समीक्षा लेख्नुस, बखान गर्नुस्, सक्नु हुन्छ ?’
बाबुराम फिल्म ‘प्रसाद’को प्रमुख दलित पात्र हुन् । बाबुराम परियार फिल्ममा जो यति सोझो, अबोध, चेतनाहीन र कमजोर छ, उसलाई जात–व्यवस्थाले सिर्जना गरेका अन्याय, अपराध स्वीकार्य छ । ऊ यतिसम्म कमजोर छ, आफ्नी पत्नीलाई बलात्कार गर्नेलाई सजाय दिलाउने कानुनी वा विवेकसम्मत बाटो त सोच्नै सक्दैन, हतियार लिएर भिड्न जाँदा पनि निहत्था बलात्कारीसँग हार्छ र कुटाई खाएर फर्कन्छ । तर, यो दर्शकबाट भने वाहवाही पाएको छ । व्यापार समेत सन्तोषजनक छ ।

शिव परियारको फेसबुक वालबाट

Leave a Reply