यो वर्ष नेपाल भ्रमणमा आउँदे विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ। अगस्ट महिनामा विदेशी पर्यटक आगमनको तथ्यांक १८ दशमलव ८ प्रतिशतले वृद्धि भएको हो। यो महिनामा ८७ हजार ६ सय ७९ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

अध्यागमन विभागको तथ्यांकअनुसार अघिल्लो वर्ष यो महिनामा ७३ हजार ७ सय ७८ पर्यटक मात्र भित्रिएका थिए।

हवाई र पैदल दुबै मार्ग गरी ८ महिनामा विदेशी पर्यटक आगमनको संख्या ६ लाख ८० हजार ९ सय ९६ पुगेको छ। अघिल्लो वर्षको सोही समयमा ५ लाख ७६ हजार ३ सय २२ पर्यटक मात्र नेपाल आएका थिए। हालसम्मको तथ्यांक हेर्दा यो वर्ष १८.२ प्रतिशतले पर्यटक बढेको देखिन्छ।

नेपालमा धेरै पर्यटक आगमन हुने देशमा भारत र चीन रहेका छन्। त्यसैले नेपाल पर्यटन बोर्डले यी देशमा तालिम सञ्चालन गर्दै आएको छ। अगस्ट महिनामा भारतबाट १९ हजार २ सय ९५, श्रीलंकाबाट १६ हजार ८ सय ७८ र चीनबाट १२ हजार ४८ पर्यटक नेपाल भित्रिएका छन्। अघिल्लो वर्ष पनि यो महिनामा धेरै पर्यटक भारत नै थिएका थिए।

भारतबाट १४ हजार ५७, श्रीलंका र म्यानमारबाट बराबरी ९ लाख ६ सय ७४ र चीनबाट ७ लाख ३ सय ४९ पर्यटक नेपाल आएका थिए।

अध्यागमनको तथ्याङ्कलाई आधार मान्दा अगस्ट महिनामा सार्क दशबाट ३८ हजार ९ सय ७२, एसियाली देशबाट १९ हजार ३ सय ९३, युरोपबाट १४ हजार ९ सय १८, ओसियानाबाट १६ सय, अमेरिकी राष्ट्रबाट ५ हजार ४ सय ३ र अन्य राष्ट्रिबाट ७ हजार ३ सय ९३ गरी जम्मा ८७ हजार ६ सय ७९ पर्यटक नेपालमा भित्रिएका हुन्।

Leave a Reply