सम्झिनुस यदी कमिलाको पखेटा पलायो भने उसको आयु छोटियो भनेर कमिलाको पखेटा पलाए झै नेपालको राजनिति बृतमा पनि कसै कसैको पखेटा टुसाई सकेको छ यो पखेटा टुसाउनु राम्रो होईन यसले राम्रो लक्षणको सुरूवात गर्दैन।दुई चार दिन भो सामाजिक सुरक्षा योजनाको नाममा करोडौ रूपैया खर्च गरेर प्रम केपी ओलीको बिजुलीको पोलमा झुण्डाईएका तस्बिरहरूले सामाजिक संजाल फेसबुकको भित्ता रंगिएको।अनुहार पुस्तिकाको भित्ताहरूमा एक नयाँ युगको थालनी भन्ने महान बाणीको साथ प्रम ओलीको टासिएको तस्बिरको बिषयमा राम्रा नराम्रा प्रतिकृयाहरू आउन थाली सकेको छ।

खै किन हो कुन्नी मलाई पनि केही न केही लेखौ लेखौ जस्तो लाग्यो र मन नै थाम्न सकिएन लेख्न सुरू गरे।हामी नेपालीहरूको बानी नै नराम्रो हामीहरू बिगतका कुराहरूलाई चाँडै नै बिर्सि हाल्छौ।बिगतमा गरेका कुरालाई बिर्सिएर बर्तमानमा रमाउने प्रबृतिका कारण आज देशकै ढुकुटी सकी सकी प्रम ओलीको तस्बिर सिंहदरवारमा मात्र सिमित नगराएर सरकारको मातहातमा रहेका रेडियो,टिभी पत्र पत्रिकामा बिज्ञापन गर्ने देखि लिएर सडक किनाराको बिजुलीको खम्बाहरूमा समेत नयाँ युगको थालनी भन्दै टासिनुले सरकारले देश र जनता माथि गर्ने गराउने ब्यबहार प्रष्ट देखिएको छ।अझै पनि नेपाली जनतालाई भेडा सोचेर भेडा नै देख्नु उचित नहोला की त ?

आज मलाई भने बिगतको एकदमै याद आयो कुरा प्रम ओली प्रधानमन्त्री भए पश्चात जनता माझ सार्बजनिक रूपमा दिएको अभिब्यक्तिको।उनी भाषण दिदै थिए म प्रम बनेको सिंहदरबारमा मात्र फोटो झुण्डाउनका लागि होईन म त जनताको काम गर्ने मान्छे म जनताको मन भित्र झुण्डिएर बस्न चाहन्छु र गरेर देखाउछु तर आज प्रम ओलीले बोलेका कुरा साकार भएको छ ! उनी सिंहदरबारमा मात्र सिमित नभएर जनताको मनमा झुण्डिनुको साटो सडक किनाराको बिजुलीको खम्बामा झुण्डिन सफल भएको छ। खासै यिनी प्रम भए पछि देशमा ठूला ठूला काण्ड भए जसको परीणाम सकरात्मक आउँनुको साटो नकरात्मक आउन थाल्यो।नेपाली जनतालाई सरकार छ की छैन भन्ने आभाष भएकै कारण आज देशमा सरकार छ भन्न देखाउनका लागि कमरेडहरूले बिजुलीको खम्बामा प्रम ओलीको तस्बिर झुण्डाउन सफल भए।

ओली सरकारले ३३ किलो सुन प्रकरण,निर्मला हत्या प्रकरण,वाईड बडी जहाज खरीद बिक्री प्रकरणमा खासै उपलब्धि मुलक कार्य गर्न नसकेको अबस्थामा सडक किनारामा एउटा नयाँ युगको थालनी भन्दै प्रम ओलीको तस्बिर टासिनुले कुनै अर्थ राख्दैन।

बिगतमा राणा शाशकहरूले निरङ्कुश र तानशाह प्रबृति अबलम्बन गरे झै बर्तमान अबस्थामा प्रम ओलीबाट यस्तै प्रबृति देखिनु दुर्भाग्य पूर्ण कुरा हो।आफूलाई नै राजा महाराजा हुँ भन्ने घमण्ड छ भने जनताले जिताएर पठाएको स्थानबाट भूईमा झार्न केही समय लाग्ने छैन।जनताले चाहने हो भने क्षण भरमै काया पलट हुन सक्छ।ओली सरकारले जनताको आँखामा छारो हाल्ने काम गरेको छ।

यो सरकारको काम कार्बाहीले जनतामा सन्तुष्टी छैन।चुनाव ताका जनता नै जनार्दन हुन भन्ने कम्युनिष्टहरूले आज जनतालाई भेडो बनाएको देख्दा चाँहि अचम्मित भएको छु।बिकास निर्माणका कुराहरू द्रुत गतिमा अगाडी बढ्न सकेको छैन।हत्या,हिंसा,बलत्कार र भ्रष्ट्राचारले चरम सिमा नाघेको अबस्थामा सरकार देशमा छैन भन्ने आभाष भएको छ अब तपाई नै भन्नु होस यही हो त नयाँ युगको थालनी ?

नेपाल सरकारले सामाजिक सुरक्षा योजनाको नाममा नयाँ युगको थालनी भनेर प्रचार प्रसार गर्नुको कुनै औचित्य छैन।यो योजना बिक्रम संबत २०६६ साल देखि नै परीमार्जित हुँदै आएको बिषय बस्तु हो।यसलाई हामीले सकरात्मक लिनु पर्छ तर नयाँ युगको थालनी भन्न चाँहि पक्कै नमिल्ला।

युग भनेको एक आयमिक कुरा मात्रै होईन युग भित्र बहु आयमिक गुणात्मकको परीवर्तित संघार हो तसर्थ यसै कुरालाई हाईलाईट गर्दै केपी ओलीको तस्विर बिजुलीको पोल भित्तामा राख्नुले कुनै अर्थ राख्दैन।

चम्किलो चीजलाई प्रकाश दिनु पर्दैन जुन चम्कदैन त्यसलाई प्रकाश दिने हो तसर्थ कमरेड हरूलाई यस्ता कुराको ख्याल होस्।यदि नेपाल सरकारले देश र जनताको हितमा राम्रो काम गरेको भए यसरी भित्ता भित्तामा तस्विर टास्नु पर्ने आबश्यकता नै छैन।

त्यसै गरी कमरेडहरूले राष्ट्रपतिका लागि निकासा हुन लागेको रकम पूर्व राष्ट्रपति राम वरण यादवको पालामा मागिएको हो भनेर कुर्लदै छन।कमरेडहरूलाई स्मरण होस देउवा सरकारले ल्याएका नितिहरू सबै उल्टयाउने ओली सरकार राष्ट्रपतिका लागि ल्याईएको गाडी खरीदको योजनालाई चाँहि किन उल्टयाउन सकेनन्।त्यस कारण यस्ता तथ्य हिन अर्थ हिन कुराले जनताको आँखामा छारो नहालेकै राम्रो।

कर्ण अधिकारी

Leave a Reply