सल्लाहकार १ –‘धेरै मोटाएछौ, दगुर्ने गर ।’
म दर्गुन थालेँ ।

सल्लाहकार २ –‘अव बाटोघाटो दर्गुदा दुर्घटना होला । गाडिले हान्देला । यसो गर ट्रेडमिलमा दर्गुने गर ।’
मैले ट्रेडमिल किनेँ ।

सल्लाहकार ३ –‘दगुरेर मात्र कसरी घटिन्छ ? खाना कम गर ।’
मैले एकछाक खान छाडेँ ।

सल्लाहकार ४ — ‘अव त्यसरी नखाई नखाई दगुरेर हुन्न भाई । टिबी भएर दर्गुदादर्गुदै छादौला नि फेरि ।’
म संकटमा परेँ ।

सल्लाहकार ५– ‘ट्रेडमिलका दगुर्योभने मेरुदन्डमा असर पर्छ रे । सुताएको सुतार्यै बनाउला । पेट लागेर के भो र ? मेरुदन्डमा असर पर्यो भने त बर्बाद हुन्छ । दर्गुन छाड ।’

सायद मुलुक चलाउनेका सल्लाहकार पनि यस्तै छन् ।

Buddhi Sagar

Leave a Reply