पिता गोपाल बि.क. र माता बिष्णुमाया बि.क.को कोखबाट २०५० साल माघ १० गते रामपुर नगरपालिका, पाल्पामा सुन्दर बि.क. उर्फ सेन्टि सुन्दरको जन्म भएको हो ।

Senti Sundar

शहिद बहुमुखि क्यामपस, रामपुर, पाल्पाबाट बी.एड.पहिलो वर्षसम्मको अध्ययन सकेका सुन्दर हाल कामको शिलशिलामा अल्हासा, साउदी अरबमा बस्ने गर्दछन् । साहित्यमा गहिरो रुची राख्ने सेन्टिको नेपाली गजल क्षेत्रको उदायमान बलियो हस्ताक्षर हुन् । प्रस्तुत: छ उहाँसँग गरिएको कुराकानीको संक्षिप्त अंश र उहाँको तीन गजल:-

मान्छेले सास फेर्न छाडेपछि उसको भौतिक शरीर मरेको सत्य ठहरिन्छ। तर जब उसको नाम सँगै केहि चिजहरु जोडिएर दोहोरि रहन्छ, त्यो उसको अशली बचाई हो । ऊ बाँच्नुको सार हो ।

मोतिराम भट्टबाट सुरु भएको नेपाली गजलको भविष्यलाई यहाँका गजलले कुन भविष्य तिर दिशानिर्देश गरिरहेको छ ?

सर्वप्रथम त मोतिराम भट्ट, आदरणिय गुरु/मार्गदर्शकलाई मन देखि सम्झिदै नमन प्रकट गर्न चाहे । त्यो समयमा, त्यो परिवेशमा पनि आफ्ना कलम र मस्तिष्कलाई साहित्यसँग मिलाप गराई सिँगो इतिहासमा एउटा छाप छोड्नु भयो, जुन चानेचुने कुरा हैन । उहाँले हाक्नु भएको हाम्रो गजल क्षेत्रपछि केहि समय डगमगाउन खोजेको होकी भन्ने  भान चाहि पर्यो तर विश्राम नै लिएको चाहि हैन ।

म नितान्त गजल प्रेमी, गजललाई माया गर्ने मान्छे हुँ। म जस्ता हजारौ गजल प्रेमीलाई मेरा केही शब्दले अझ गजलको मोह थप गरोस् र सँगसँगै सहकार्य गर्न पाईयोस भन्ने मेरो चाहँना हो।

तपाईंलाई आफ्नो गजलको मौलिकता केहो झै लाग्दछ?

म हाम्रै वरिपरिका परिवेशलाई गजलमा उन्ने कोसिस गर्छु, जसलाई सामान्य व्यक्तिले पनि नियालेर महसुसमा बदल्न सकोस्। शृङ्गारिक, प्रेमिल, विचारात्मक थुप्रै खाले गजल लेखिंदै आएको छ । मेरो कुरा गर्नुपर्दा चाहिँ म अलि बढी दु:खमै भिजेर लेख्ने गर्छु । सायद यहि नै होला मेरो मौलिकता पनि।

 

एउटा काव्य तब सफल हुन्छ जब युग बाँच्छ । तपाईंको विचारमा, त्यस्तो तत्वहरु केके हुन सक्छनजसले एउटा गजल युगान्तकारी बनाउँछ ?

मान्छेले सास फेर्न छाडेपछि उसको भौतिक शरीर मरेको सत्य ठहरिन्छ। तर जब उसको नाम सँगै केहि चिजहरु जोडिएर दोहोरि रहन्छ, त्यो उसको अशली बचाई हो । ऊ बाँच्नुको सार हो ।

न आफु बनाउछ न बनेको जोगाउछ,

यो सरकार बादर हो पुच्छर नभएको!!

मलाई लाग्छ मान्छेको मनको भावना, दिमागको सोचाई र महसुस नै हो – युग बाँच्ने । कसैको कोमल महसुसले कसैलाई छुन सक्छ, कसैको प्रष्ट विचारले कसैलाई झक्झकाउछ, लाग्छ यिनै ति कारक तत्वहरु हुन् ।

हामीले जतिपनि शब्दहरु उनीरहेका छौं, ति सबैसबै हाम्रो भित्रि महसुस र चेतनाका उर्फ हुन। हाम्रो महसुस, विचार र चेतनाले कसैको मन छुन्छ, कुनै चिजमा सकरात्मक परिवर्तन आउँछ भने त्यो नै युगान्तकारी बन्दछ मेरो विचारमा ।

तपाईंले पढ्ने र तपाईंलाई मनपर्ने गजलकार कोको हुन र किन ? नेपाली गजल क्षेत्र कसरी अन्य (भारतिय, पाकिस्तानी या अरबी ) गजल क्षेत्र भन्दा भिन्न पाउनुहुन्छ ? नेपाली गजल नेपालको परिचयक बन्न सकेको छ त ?

मलाई मनपर्ने गजलकारहरु थुप्रै हुनुहुन्छ, कसैको नाम लिदा कसैको नाम छुट्न सक्छ । यदि कसैको नाम छुट्न गयो भने अरु कसैलाई हैन मलाई नै आत्माग्लानी हुन जान्छ, त्यसैले लिष्ट बनाएरै किटान त् गर्न सकिन ।

अझ पछिल्लो समयमा त बहुत निखारिएका गजलहरु पढ्न पाइरहेको छु, यो सबल पक्ष हो हाम्रो गजल क्षेत्रको । यहाँ सबैको आ-आफ्नो शैली छ ! मलाई कसैको शब्द चयन, कसैले गजलको भित्रि आत्मामा घुसाउनु भएको बिम्ब, कसैको लय र कसैको छन्दमा सजिएको शेरहरुले बहुत छुने गर्दछन।

कसैले देश बोल्नु हुन्छ, कसैले प्रेम, कसैले समकालिन स्थिति ! बहुत मिठा लाग्छन ।

मुर्दा पनि श्रिड़्गार गरि सजिएर गयो,

कोनै छर आखिर यहाँ रहर नभएको!!

हामीले हाम्रो माटो कोरिरहँदा अन्य क्षेत्रसँग अनौठो लाग्न सक्छ । सबैले आ-आफ्नो महसुस ओकेल्ने हो, परिवेश नियाल्ने हो । धर्म, सँस्कृती, रीतिरिवाज,परिवेशबाट बाहिर गएर कोर्न त सकिएला तर त्यसले भित्रि आत्मा छुन सक्दैन ।

उनीहरु आफ्नो परिवेश, समाज लेखिरहेछन् । हामी हाम्रो । फरक त् यसै पनि हुँदो हो ।

पछिल्लो समय नेपाली गजलले हरेक भाव/हरेक विचार/हरेक समस्यालाई लेखिरहेको छ । मलाई लाग्छ नेपाली  गजल नेपालको लागि परिचयक बन्दैछ, बनेको पनि छ र पुर्ण रुपमा बन्ने छ भन्ने आशापनि  छ ।

 


 

जब आफ्नाले दिएको घाउ बिर्सियो,

उसले दुखै दुख को तलाउ बिर्सियो!!

 

फोन मा मात्रै बाउ देखेको बच्चाले,

आमाको फोन फुट्यो बाउ बिर्सियो!!

 

गाउँकै अौला पोती जितेको भोटले,

गयो राजधानी चिन्यो गाउँ बिर्सियो!!

 

सानो छँदा ठोड सम्म नबिर्सिने ले,

हुर्कियो गुड बिर्सयो माउ बिर्सियो!!

 

यस्पाली पनि कालले गोठमै पुगेर,

छोरी सम्झ्यो लग्यो छाउ बिर्सियो!!

 


 

हो कि होईन भन्ने कुनै भर नभएको,

जिन्दगी ले प्रश्न गर्छ उत्तर नभएको!!

 

मुर्दा पनि श्रिड़्गार गरि सजिएर गयो,

कोनै छर आखिर यहाँ रहर नभएको!!

 

न आफु बनाउछ न बनेको जोगाउछ,

यो सरकार बादर हो पुच्छर नभएको!!

 

तिमी भन्छ्यौ छि कस्तो ढुँगाको दिल,

कुन मन्दिर छर जहाँ पत्थर नभएको!!

 

एक उनी छिन जो बर्षौ देखि हराएकि,

एक आफ्नै जिन्दगीछ खबर नभएको!!

 


 

कहिले तन कहिले मन काटिन्छ,

यहा यसरि पनि जिवन काटिन्छ!!

 

नमस्ते नगरेकै निहुमा हात काटियो,

थाहा छ जिउ नगरे गर्धन काटिन्छ!!

 

जवानी कटाउन पो परदेशिनु पर्यो,

डहर भित्रै पनि त बच्पन काटिन्छ!!

 

सानो हुनुको पिडा यसकारण भएन,

सानो हेक्सा ले ठुलो घन काटिन्छ!!

Senti Sundar

Leave a Reply