हातले टेकेर साढे २ कि।मि सम्म हिड्न सक्ने यि व्यक्ति, बिश्व रेकर्ड राख्दै (भिडियो सहित)

0
107

दाङ – दाङका ऋषि परियारसँग एउटा अनौठो कला छ । सामान्य मान्छेहरु खुट्टाले टेकेर हिड्छन् तर ऋषि भने हातले टेकेर हिड्न सक्छन् त्यो पनि छोटो दुरी हैन, साढे २ कि।मि।सम्मको दुरी पार गर्छन् हातैले टेकेर । सानैदेखि ऋषिले यस्तो गर्न थाले । खेल्दा खेल्दै हातले टेकेर हिड्न सकिन्छ कि सकिदैन भनेर जाँच्दा सकिने रहेछ भन्ने थाहा पाए । ऋषि सम्मो बाटोमा मात्रै हैन उकालो र ओराले पनि हातैले टेकेर हिड्छन् । उनी भर्यांग पनि हातैले टेकेर चढ्न र ओर्लिन सक्छन् ।

ऋषिले यो सबै कुनै रमाईलोका लागि गरेका भने होईनन् । यहि कलाबाट नलाई आफु र आफ्नो देशलाई बिश्वसामु चिनाउनु छ । उनी हाल वल्र्ड रेकर्डको तयारी गर्दैछन् । त्यसका लागि यो बिधाका अन्य रेकर्डहरु के छन् भन्ने बुझिरहेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here